होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको शव आफन्तले बुझेनन्
Breaking News

बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको शव आफन्तले बुझेनन्

विष्टको शव ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा

  • नागरिक रैबार
बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको शव आफन्तले बुझेनन्

नागरिक रैबार/बाजुरा २८ साउन।शनिबार दिउसो राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत लाईन विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का मनबहादुर विष्टको शव आफन्तले बुझेका छैनन् ।

२ दिन अगाडि सोही नगरपालिका–६ को जडाङ्गामा विद्युतको लाईन विस्तार गर्ने क्रममा ३३ वर्षिया मनबहादुर विष्टलाई करेन्ट लागेको थियो । अछामको साँफे देखि सदरमुकाम मार्तडीसम्मको ३३ केभीको विद्युत लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट शक्त घाइते भएका थिए । मृतक विष्ट भानुभक्त जाेशी ठेकेदारकाे कम्पनीमा ज्यालादारीमा काम गर्दै आएका थिए।

घाईते भएका विष्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो भने उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

विज्ञापन

विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण विष्टको मृत्यु भएको भन्दै आफन्तहरुले घटना भएको ३ दिन भइसक्दा पनि शव बुझ्न मानेका छैनन् । अहिले विष्टको शव जिल्ला अस्पताल बाजुरामा जिल्ला प्रहरी कार्यालय बाजुराको निगरानीमा राखिएको छ ।

विष्टको मृत्युपछि हिजो जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलेको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले मृतकका परिवारलाई सम्वन्धित ठेकेदारबाट उचित क्षतिपुर्ति र परिवारको एक जनालाई रोजगारको ग्यारेन्टी गर्नका लागि नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयसंग अनुरोध गर्ने निर्णय गरेको बडीमालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

त्यस्तै विष्टको मृत्युको सत्य तथ्य छानविन गरि दोषीलाई कारवाहीका लागि माग गर्ने र यस प्रकारका घटना अवका दिनमा हुन नदिन पूर्व सर्तकता अपनाई मात्र काम गर्ने बातावरण मिलाउन आग्रह गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । बाजुरामा केहि वर्षयता विद्युत प्राधिकरणको चरम लापरवाहीकै कारण युवाहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

मा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार