होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका निर्मल विक बेपत्ता भएको २ महिनापछि सम्पर्कमा आए
देश/प्रदेश

बाजुराका निर्मल विक बेपत्ता भएको २ महिनापछि सम्पर्कमा आए

  • नागरिक रैबार
बाजुराका निर्मल विक बेपत्ता भएको २ महिनापछि सम्पर्कमा आए

नागरिक रैबार/बाजुरा २६ कार्तिक। बाजुराका एक किसोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कन्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षिया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् ।

अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता भएका थिए । महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मललाई २ महिनासम्म खोजी गरेपछि भारतको हरियाणा भन्ने ठाउँबाट कार्तिक २२ गते सम्पर्कमा आएको र केही दिनभित्र घरमा आईपुग्ने उनका दाई राकेश विकले जानकारी दिएका छन् ।

२ महिनादेखि बेपत्ता भएका निर्मलको छिमेकी देश भारतमा रहेका आफन्तहरु र जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा खोजि कार्यका लागि खबर गरिएको थियो । भदौ २२ गते वेपत्ता भएका निर्मलले एउटा कागजमा अंग्रेजी भाषामा उल्लेख गर्दै कोठामा मलाई नखोज्नु होला, म ठुलो र राम्रो मान्छे बनेर मात्र फर्केर आउँछु भनेर लेखेको चिठी कोठामा छाडेको पाईएको थियो ।

विज्ञापन

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि