होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा-३ का कृषकलाई उन्नत जातका बाख्रा वितरण
समाचार

बुढीनन्दा-३ का कृषकलाई उन्नत जातका बाख्रा वितरण

  • नागरिक रैबार
बुढीनन्दा-३ का कृषकलाई उन्नत जातका बाख्रा वितरण

नागरिक रैबार/बाजुरा २८ जेठ। बुढीनन्दा नगरपालिका वडा नम्वर ३ नुरीका कृषकहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको बृहत विशेष उत्पादन कार्यकक्रम अन्तरगत सो वडाका ३० जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

बुढीनन्दा नगरपालिका ३ मा रहेको थिमकोट बाख्रा पालन समूहका ३० जना कृषकहरुलाई प्रति व्यक्ति २ का बाख्राका दरले ६० वटा बाख्रा वितरण गरिएको हो ।

कृषकहरुको आयआर्जनमा वृद्धि होस भन्ने उद्देश्यले बृहत उत्पादन कार्यक्रम अन्तरगत खरिक्रस जातका ३० वटा बाख्रा र जमुना जातका ६ वटा बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी भिमबहादुर दानीले बताएका छन् ।

विज्ञापन

कृषकहरुलाई व्यवसायिक पशुपालन व्यवसायमा आकर्षण र उनीहरुको आयआर्जनमा वृद्धि विस्तारका लागि वृहत उत्पादन कार्यक्रम अन्तरग करिव ७ लाख २० हजारका बाख्रा र १ लाख ४० हजारका ६ वटा बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

बाख्रा र बोका वितरण पछि कृषक चन्द्रबहादुर थापा भाेटेले भने अव हामीलाई व्यवसायीक रुपमा बाख्रा पालन गर्न सजिलो भएको छ ।

बाख्रा वितरण कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी भिमबहादुर दानी, दिपेश नेपाली, बुढीनन्दा ३ का वडा सदस्य पदम बाेहरा लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै