होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट १५५५ जना विद्यार्थी सहभागि हुने
Breaking News

कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट १५५५ जना विद्यार्थी सहभागि हुने

  • नागरिक रैबार
कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट १५५५ जना विद्यार्थी सहभागि हुने

बाजुरा। कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट यस बर्ष १५ सय बढी विद्यार्थी सहभागि हुने भएका छन् । यहि भदौ २५ र २६ गते हुने परीक्षामा बाजुराबाट १ हजार ५ सय ५५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले बताएको छ ।

बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना विद्यार्थी सहभागि हुन लागेका हुन् । उच्च माध्यमिक शिक्षा परिषद्ले २ वटा विषय लागेका विद्यार्थीले पुरक परीक्षा दिन पाउने प्रबन्ध गरेको छ ।

एसइइ परीक्षा पनि बाजुराका जनप्रकाश मावि कोल्टी, र भानुदय मावि टाँटेबाट सञ्चालन गरिएको थियो । इकाइ प्रमुख हर्कबहादुर सिंहका अनुसार बाजुरामा पहिलो पटक कक्षा १२ को परीक्षा मार्तडी बाहिरका परीक्षा केन्द्रबाट पनि हुन लागेको हो । कोल्टी र सदरमुकाम मार्तडीमा परीक्षा सञ्चालन गर्ने गरी परीक्षा केन्द्रहरु तोकिएका छन् ।

विज्ञापन

जनप्रकाश मावि कोल्टीमा १० वटा विद्यालयबाट ३ सय १६ जना विद्यार्थीहरु सहभागी हुने छन् । भने जिल्लाको तल्लो भेगका लागि सदरमुकाम मार्तडीमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्र मालिका मावि (क) र मालिका मावि (ख) तोकिएको छ । मालिका मावि (क) मा १० वटा विद्यालयबाट ३ सय ७९ र मालिका मावि (ख) मा ७ वटा विद्यालयबाट ८ सय ६० जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् ।

२०८१ बैशाख १४ गतेबाट सञ्चालन भएको कक्षा १२ को बार्षिक परीक्षाको नतिजा साउन १८ गते प्रकाशित गरेको थियो । प्रकाशित नतिजा अनुसार देशभर १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ती मध्ये दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको छ । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार