होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुराकी रमिलाको उपचारमा विदेशबाट रोकाया दाजुभाईले गरे आर्थिक सहयोग
स्वास्थ्य-जीवनशैली

बाजुराकी रमिलाको उपचारमा विदेशबाट रोकाया दाजुभाईले गरे आर्थिक सहयोग

  • नागरिक रैबार
बाजुराकी रमिलाको उपचारमा विदेशबाट रोकाया दाजुभाईले गरे आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा २४ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ ।

रमिलाको उपचारका लागि बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं ४ मनाकोट बिजे डुङ्गा स्थायी घर भई हाल अष्ट्र«ेलिया बस्ने विरेन रोकाया र युके बस्ने धिरेन्द्र रोकाया दुई दाजुभाईले ४० हजार नेपाली आर्थिक सहयोग गरेका छन् ।

गौमुल गाउँपालिका घर भएका विरेन र धिरेन्द्र रोकाया दाजुभाई दुवै रोजगारीको सिलसिलामा विदेशमा छन् । गृह जिल्ला बाजुराको बडीमालिकाकी रमिलाको आर्थिक अभावका कारण उपचार हुन् नसकेको थाहा पाएपछि उनको उपचारमा सहज होस भन्ने उद्देश्यले सहयोग गरेको दाजुभाईले बताएका छन् ।

विज्ञापन

भाई धिरेन्द्र रोकाया ६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् भने दाई विरेन रोकाया चार बर्ष देखि युकेमा बस्दै आएका छन् ।
रोजगारीको सिलसिलामा विदेशमा भएपनि रोकाया दाजुभाईले समाजमा रहेका विपन्न, असाहय दुखिः गरिव अशक्तलाई सहयोग गर्दै आएका छन् ।

विदेशबाट रमिलाको उपचारमा रोकाया दाजुभाईले गरेको सहयोगले श्रीमति रमिलाको मृगौलाको उपचारमा सहयोग पुग्ने रमिलाका श्रीमान प्रकाश विकले बताएका छन् ।

रमिलाको मृगौलामा समस्या भई विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी छन् । रमिलाको घरको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनको उपचारका लागि देश भित्र र देशबाहिरबाट आर्थिक सहयोग जुटिरहेको छ ।

आर्थिक अभावकै कारण रमिलाको मृगौलाको उपचारमा समस्या भएको थाहा पाएपछि सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिंहले उनको उपचारका लागि विभिन्न ठाउँमा समन्वय गरिरहेका छन् ।

२ वर्षदेखि श्रीमति रमिलाको मृगौलाको उपचार गराईरहेका श्रीमान प्रकास विकसंग उनको उपचार गर्न खर्च जुटाउन र दैनिक परिवारको छाक टार्न समेत आर्थिक अभाव अभाव भएको छ । प्रकाशसंगै उनका एक छोरा र एक छोरी पनि रमिलासंगै रहेका छन् ।

रमिलाको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । रमिलाको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलासिस भइरहेको छ । एक पटक डाइलासिस गरेको पनि धेरै रुपैयाँ तिर्नुपर्छ, हिजो मंगलबार मात्रै रमिलाको उपचारका लागि २५ हजार आवश्यक परेको थियो ।

त्यो रकम समेत रमिलाको परिवारसंग नभएपछि सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिंहलाई आर्थिक सहयोग जुटाईदिन रमिलाका श्रीमान प्रकास विकले गुहार गरेका थिए । प्रकाश सिंहले रमिलाको उपचारका लागि सहयोग जुटाएपछि मंगलबारका दिन श्रीमतिको उपचारमा सहयोग पुगेको रमिलाका श्रीमान प्रकाश विकले बताएका छन् ।

उनले श्रीमति रमिला विकको उपचारमा सहयोग गरिदिन सम्पूर्ण आफन्तजन, साथीभाइ र  शुभचिन्तक सवैस‌ंग अपिल समेत गरेका छन् ।

मृगाैला पीडित रमिलाको उपचारमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

Name:- Ramila Kumari B.K Bank Name:- NIc ASIA
Bank account Number:- 1145752012579001
फोन पे नम्बर:-9742407342

थप जानकारीका लागि रमिलाका श्रीमान प्रकाश विक (Prayash BK) को नम्बर 9742407342/ 9848523376 सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार