होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद्‍मा वरियता हेरफेर: पर्यटन मन्त्री पाण्डे १४ औंं नम्बरमा
राजनीति

मन्त्रिपरिषद्‍मा वरियता हेरफेर: पर्यटन मन्त्री पाण्डे १४ औंं नम्बरमा

  • नागरिक रैबार
मन्त्रिपरिषद्‍मा वरियता हेरफेर: पर्यटन मन्त्री पाण्डे १४ औंं नम्बरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञापन

cabinet

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार