होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बाजुरामा कार्तिक १ गतेदेखि छेडेदह गोल्डकप प्रतियोगिता हुने
खेलकुद

बाजुरामा कार्तिक १ गतेदेखि छेडेदह गोल्डकप प्रतियोगिता हुने

  • नागरिक रैबार
बाजुरामा कार्तिक १ गतेदेखि छेडेदह गोल्डकप प्रतियोगिता हुने

नागरिक रैबार। बाजुरामा तीन लाख धनराशीको छेडेदह गोल्डकप प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कात्र्तिक १ देखि ७ गतेसम्म गोल्डकप प्रतियोगिताको आयोजना  हुन लागेको हो । हरेक वर्ष दशैं तिहार बिशेष हुने फुटबल प्रतियोगिता योवर्ष देखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको सयुक्त सहकार्यमा गोल्ड कप आयोजना हुन लागेको हो । गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेल प्रतियोगिता मध्ये यो नै सर्वाधिक धनराशीको आयोजना रहेको दाबी क्लबले गरेको छ ।

खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर आयोजना गर्न लागिएको आयोजकले बताएको छ । सुन्दर नगरी आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्नप्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।

विज्ञापन

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गर्न लागिएको हो ।

यो पटक जिल्ला प्रशासन कार्यालय दर्ता भएका टिमलाई मात्रै खेलमा सहभागि गराइने आयोजकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टिमको हकमा सम्बन्धीत पालिकाको आधिकारीक सिफारिस पत्र हुनु पर्ने छ ।

एन्फा रेफ्रीले खेल खेलाउने छन् । भने गोल नेपाल र खबर एण्ड लाइभले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । गोल्डकपमा उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता गरि पाँच विधामा थप पुरस्कार दिइने छ ।

खेलकुदको उदेश्य बोकेर दर्ता भएका क्लबको हकमा मात्रै मान्य हुनेछ । भने पालिकाको लिखित सिफारिस पत्रमा पनि खेलाडीको समेत नाम उल्लेख गरि पठाउनु पर्ने प्रावधान राखिएको अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिएका छन् । खेलाडीले अनिवार्य आफ्नो परिचय खुल्ने प्रमाण बुझाउनु पर्ने छ ।

टिममा १८ जना खेलाडी, १ जना प्रशिक्षण र १ जना व्यवस्थापक सहित २० जना हुनु पर्नेछ । भने दर्ता शुल्क १५ हजार र धरौटी रकम ३ हजार तोकिएको छ । खान र बस्नको प्रबन्धक स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने र विदेशी खेलाडीले समेत भाग लिन पाउने प्रावधान राखिएको छ ।

क्लबले जारी गरेको सूचनामा टिम दर्ता असोज २९ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने र २९ गते टिम दर्ता सहीत दर्ता शुल्क नबुझाउने टिमलाई खेलमा सहभागि नगराइने निर्णय गरेको छ । ३० गते साँझ ५ बजेभित्र टाइसिट समेत प्रकाशित गरिसक्ने आयोजकले बताएको छ ।

दशरथ माविको खेल मैदानमा हुने आयोजनाको व्यवस्थापनका लागि करिब १५ लाख बढीको लागत लाग्ने अनुमान गरिएको छ । भने १६ देखि २० टिम भाग लिने अनुमान गरिएको छ । खेलमा भाग लिने र हेर्न आउनेहरुले प्रेमताल, ऐतिहासिक कुडीकोट दरबार, शिरमा रहेको बडालेक, डाँडासैन जस्ता पर्यटकीय स्थानको अवलोकन गर्न पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै