होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी
देश/प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका छन् ।

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीको नाम टुंगो लगाउन छलफल जारी छ ।

विज्ञापन

नेपाली कांग्रेस र नेकपा एमालेबीच ३/३ मन्त्रालय लिने समझदारी भएपनि कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ ।

१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार