होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरपालिकाद्वारा एम्वुलेन्स सेवा संचालनमा
समाचार

बुढीनन्दा नगरपालिकाद्वारा एम्वुलेन्स सेवा संचालनमा

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाद्वारा एम्वुलेन्स सेवा संचालनमा

नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकाको सेवा क्षेत्रभित्रका विपन्न नागरिकहरुलाई लक्षित गर्दै नगरपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो ।

गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो । यस वर्षवाट एम्वुलेन्स खरिद गरि संचालनमा ल्याएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पालिकाभित्रका हुने विरामी, गर्भवती महिला लगायतलाई सेवा दिनका लागि एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराले बताए ।

नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिकाबाट स्वीकृती गराएर नगरबासीको सेवामा लाग्ने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्य सहित खरिद गरीसकेको र केही दिनबाट नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गरिने भएको छ ।

विज्ञापन

नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले सम्पुर्ण नगरवासी र दुर्गम क्षेत्रका पालिका हिमाली स्वामिकार्तिक जगन्नाथ लगायत हुम्ला र मुगुका बिरामिका लागि सेवामा सहजता हुने प्रमुख प्रशासकिय अधिकृत शाहको भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने नागरिक खुशी भएका छ्न ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार