होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरपालिकाको पाण्डुसेनमा खाद्यन्न विक्रि केन्द्र स्थापना
समाचार

बुढीनन्दा नगरपालिकाको पाण्डुसेनमा खाद्यन्न विक्रि केन्द्र स्थापना

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाको पाण्डुसेनमा खाद्यन्न विक्रि केन्द्र स्थापना

नागरिक रैबार/बाजुरा २० साउन। बाजुराको बुढीनन्दा नगरपालिका साविकको पाण्डुसेन गाविस का ७, ८, ९ र १० का नागरिकहरुका लागि नेपाल खाद्य संस्थानको विक्रि केन्द्र स्थापना भएको छ ।

पाण्डुसैनका नागरिकले खाद्यान्न किन्नका लागि कोल्टी  धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त ठाउँमा खाद्यन्न बिक्री केन्द्र  स्थापना गरिएको हो ।

गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने उद्देश्यका साथ खाद्य बिक्री केन्द्र स्थापना हुँदा नागरिकलाई खाद्यान्न आपूर्तिमा सहज हुने भएको छ । बिक्री केन्द्र स्थापना पछि बुढीनन्दा नगरपालिका वडा नंं ७,८,९ र १० पाण्डुसैनका नागरिकलाई सहज हुने भएको बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

विज्ञापन

पाण्डुसैनका नागरिकले गाडीमा ६ सय रुपैया भाडा तिरेर कोल्टी खाद्य डिपो बाट चामल किन्नु पर्ने अबस्थाको अन्त्य भएको नगरप्रमुख बोहराले बताए । मार्तडी कोल्टी सडकमा पर्ने पाण्डुसैनाका नागरिकले चामल किन्न जादा मार्तडी देखी कोल्टीसम्मकै जिपभाडा तिनुपर्ने बाध्यताबाट त्यहाका नागरिकले गाडीभाडा तिर्ने रुपियाले घर पाएक पर्ने पाण्डुसैन बिक्री केन्द्रबाट चामल किन्न सकुन भन्ने उदेस्यले लामो समयदेखीको प्रयास सफल भएको नगर प्रमुख बोहराले बताए ।

कहिलेकाही चामल लिन जाने नागरिकले गाडी नपाउने गाडी पाईहाले पनि ढुवानीमा बढि पैसा तिर्नुपर्ने बाध्यताबाट पाण्डुसैनाका नागरिक मुक्त हुने नगर प्रमुख बोहराले बताए । भौगोलिक कठिनाईलाई मध्येनजर गर्दै अन्य वडाहरुमा पनि बिभिन्न सेवा सुबिधा विस्तार गर्ने प्रयास जारी रहेको नगर प्रमुख बोहराले बताए । डिपो स्थापनापछि खाद्यान्न आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न समेत महत्वपूणर् टेवा पुग्ने नगर प्रमुख बोहराले बताए ।

गाउँमै खाद्य डिपो हुँदा सस्तोमा खाद्यान्न पाइने भएपछि खुसी लागेको स्थानियले बताएका छन । “पहिले थोरै खाद्यान्न खरिद गर्न सदरमुकाम मार्तडी कि कोल्टी धाउनुपर्ने बाध्यता थियो,अव गाउँमै बिक्री केन्द्र स्थापना हुने भन्ने खवर पाएका छौ अव हामीलाई सहज हुने भएको छ पाण्डुसैनका स्थानियको भनाई रहेको छ ।”

खाध्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेटको केन्द्रीय कार्यालयले पाण्डुसैन बिक्री केन्द्रका लागि पहिलो पटक ५ सय कुईन्टलको कोटा निधारण गरेको छ । सो कोटा आबस्यकता अनुसार थप घट गर्न सकिने ढुवानीका लागि गरिएको बोलपत्रमा उल्लेख गरेको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार