होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला
देश/प्रदेश

सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

  • नागरिक रैबार
सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

काठमाडाैँ । काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार सिनामंगलको झर्ना गेस्ट हाउसमा बाजुरा घर भएर काठमाडौँ बस्दै आएका एक युवक र एक युवती मृत फेला परेका हुन् ।

अधिकारीका अनुसार मृत फेला पर्नेमा २३ वर्षीय भरत बहादुर सार्की र २० वर्षीया करिश्मा सार्की रहेका छन् । उक्त गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु दुवैजना मृत फेला परेका हुन् । मंगलबारदेखि उक्त होटलमा बस्दै आएका उनीहरु शुक्रबार दिउँसो मृत फेला परेका हुन् ।

लामो समयदेखि होटलको ढोका नखुलेपछि प्रहरी सञ्चालकले प्रहरी गुहारेको थियो । प्रहरी पुगेर ढोका खोल्दा महिलाको घाँटी काटिएको र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार