नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा २ हजार ४ सय ७० जनाले मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । उपनिर्वाचनमा यहाँ ७ हजार ६० जना मतदाता रहेका छन्।
स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ वटा मतदान स्थल र ९ वटा मतदान तोकिएका छन् । ति सवै मतदान केन्द्रमा उत्साहजनक तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
मतदान प्रकिया सम्पन्न गर्न र मतदातालाइ भयरहित वातावरणमा मतदान गराउन लागि मतदान स्थलमा सुरक्षा व्यवस्था समेत मजवुत बनाइएको बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताएका छन् ।
गाउँपालिका उपाध्यक्षका लागि नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र नेकपा एकिकृत समाजवादीबाट जवा शाही चुनावी प्रतिष्पर्दामा रहेका छन् ।
यस पालिकामा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको गएको माघ महिनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
फेसबुक प्रतिक्रियाहरु