होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराले जिल्लाका ६९ वटै वडामा तोक्यो वडा इन्जार्च (नामसहित)
देश/प्रदेश

एमाले बाजुराले जिल्लाका ६९ वटै वडामा तोक्यो वडा इन्जार्च (नामसहित)

  • नागरिक रैबार
एमाले बाजुराले जिल्लाका ६९ वटै वडामा तोक्यो वडा इन्जार्च (नामसहित)

नागरिक रैबार। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठकले जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज तोकेको छ ।  पार्टीको भदाै १३ गते मार्तडीमा बसेको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । ६९ वटा वडामा जिल्ला कमिटी सदस्यहरुलाइ नै वडाको इन्चार्ज तोक्ने गरी जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

जसमा बुढीनन्दा नगरपालिकाको १ मा मनलाल दमाइ, २ मा झलक कार्की, ३ मा जंगवीर रोकाया, ४ मा सरु दमाई, ५ मा रुद्र मल्ल, ६ मा शुशिला शाही, ७ मा शंकर चदारा, ८ मा केशव शाही, ९ मा नृप भोटे र १० मा दिलबहादुर थापा भोटे इन्चार्ज तोकिएका छन् ।

बडीमालिका नगरपालिकाको १ मा अंगे रावल, २ मा गोपाल खड्का, ३ मा विनीता रावल, ४ मा दुर्गा थापा, ५ मा धर्मराज पाध्याय, ६ मा कृष्ण खड्का ७ मा जंग विक, ८ मा सरिता नेपाली र ९ मा माया खड्काले जिम्मेवारी पाएका छन् ।

विज्ञापन

बुढीगंगा नगरपालिकाको १ मा गणेश थापा, २ मा पदम भण्डारी, ३ मा विमला थापा, ४ मा माया कुँवर, ५ मा देवुकुमारी खाती, ६ मा हिक्मत थापा, ७ मा गणेश सुनार, ८ मा रुक्मणी शाह, ९ मा हंश सिंह र १० मा नरेन्द्र थापाले जिम्मेवारी पाएका छन् ।

त्रिवेणी नगरपालिकाको १ र २ मा जनक बहादुर शाह, ३, ४ र ५ मा सन्तोष शाही, ६ र ७ मा खडक बहादुर साउँद,  ८ र ९ मा पार्वती विष्टले जिम्मेवारी पाएका छन् । स्वामिकात्र्तिक खापर गाउँपालिकाको १ मा मनबहादुर रोकाया, २ मा जापना कुमारी शाही, ३ मा सिता शाही, ४ मा धुब्र सिंह र ५ मा रवीन्द्र शाहीले जिम्मेवारी पाएका छन्  ।

हिमाली गाउँपालिकाको १ मा १ र २ मा धनरुप बुढा, ३ मा धिर्कला सुनार, ४ र ५ मा मोहनजंग मल्ल, ६ मा पूर्ण रोकाया र ७ मा रमेश अधिकारीले जिम्मेवारी पाएका छन् । गौमुल गाउँपालिकाको १ मा देवेन्द्र रोकाया, २ मा देवबहादुर रोकाया, ३ मा गोरख बोहरा, ४ मा अमर विक, ५ मा धनलक्ष्मी जोशी र ६ मा गीता रोकायाले जिम्मेवारी पाएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाको १ मा लोगबहादुर विक, २ मा मानबहादुर बुढा, ३ मा विक्रम सुनार, ४ मा ललित सार्की, ५ मा दिलबहादुर रावत, ६ मा बुदी देवी रावत र ७ मा विमला ओली दानीले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

जगन्नाथ गाउँपालिकाको १ मा हिरा रोकाया, २ मा डबल विक, ३ मा डम्मर शाही, ४ मा चन्द्रबहादुर सार्की, ५ मा विनोद शाही र ६ मा कटक विष्टले जिम्मेवारी पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार