नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो ।
यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता बनेका पालिकालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
खप्तड क्षेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेलमैदानमा फागुन १२ देखि १५ गतेसम्म प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा जिल्लाका ९ मध्ये स्वामीकार्तिक खापर गाउँपालिका बाहेक ८ पालिका सहभागि भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु