होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अनेरास्ववियुको महासचिवमा नरेश राेकाया निर्वाचित
समाज

अनेरास्ववियुको महासचिवमा नरेश राेकाया निर्वाचित

  • नागरिक रैबार
अनेरास्ववियुको महासचिवमा नरेश राेकाया निर्वाचित

नागरिक रैबार/बाजुरा ५ फागुन। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट महासचिवमा बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार महासचिवमा रोकायाले सात सय ३३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्यस्तै  अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।उनले निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

विज्ञापन

निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार