होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख सार्की सम्मानित
बाजुरा बिशेष

जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख सार्की सम्मानित

  • नागरिक रैबार
जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख सार्की सम्मानित

नागरिक रैबार/बाजुरा ३ फागुन।जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख लाक्षु सार्की सम्मानित भएकि छन् । नेकपा एमाले निकट भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ती समाज केन्द्रीय कमिटीले आज काठमाण्डौंमा आयोजना गरेको कार्यशाला गाेष्ठीमा  उपप्रमुख सार्कीलाई सम्मानित गरेको हो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा काठमाण्डौंमा आजबाट संचालन भएको दुई दिने कार्यशाला गोष्ठीमा सार्कीलाई देशभरमै दलित समुदायको तर्फबाट जिल्ला समन्वय समितिको उपप्रमुख बनेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्मान गरेका हुन् ।

मुक्ति समाज केन्द्रीय कमिटीको आयोजनामा दुई दिने संगठन सुदृढीकरण कार्यशाला बुधबारदेखि काठमाण्डौको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

विज्ञापन

कार्याशाला गोष्ठीमा मुक्ति समाजका स्थायी कमिटी सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरुको सहभागिता रहेको छ । कार्यशाला गोष्ठी भोली सम्पन्न हुने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार