होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेपाल उत्पीडित जातीय मुक्ति समाजको दुई दिने कार्यशाला काठमाडौंमा सुरु
Breaking News

नेपाल उत्पीडित जातीय मुक्ति समाजको दुई दिने कार्यशाला काठमाडौंमा सुरु

महासचिव पोखरेलले गरे उद्घाटन

  • नागरिक रैबार
नेपाल उत्पीडित जातीय मुक्ति समाजको दुई दिने कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं, ३ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ । मुक्ति समाज केन्द्रीय कमिटीको आयोजनामा दुई दिने संगठन सुदृढीकरण कार्यशाला बुधबारदेखि काठमाण्डौको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

कार्यशालाको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।सो अवसरमा सम्बोधन गर्दै महासचिव पोखरेलले आर्थिक उत्पादनको मुख्य शक्तिलाई अपमान र अछुत बनाएका कारण नेपाली समाज पछाडि परेको बताएका छन् ।

उनले आर्थिक उत्पादनको मुख्य शक्ति दलित समुदाय भएकाले सोही समुदायलाई अपमानित गरिएकै कारण नेपाल पछाडि परेको दाबी गरे ।

विज्ञापन

उनले मुक्ति समाजले देशभरका दलित समुदायको साझा सवालहरुको नेतृत्व गर्दै आएको बताए ।उनले दलित समुदायको हक र अधिकारका लागि मुक्ति समाज लड्दै आएको र सोही संगठनकै बलमा संविधानमै अधिकार उल्लेख भएको बताए ।

महासचिव पोखरेलले मुक्ति समाजले सिंगो दलित समुदायका सवालहरुको नेतृत्व गरेका कारण दलित समुदायका पक्षमा कानुनहरु बनेपनि कार्यान्वयन हुन नसकेकाले त्यसको खबरदारी गर्नु पर्ने बताए ।उनले मुक्ति समाज समाजवादको आधार निर्माणका लागि आर्थिक, समाजित र सांस्कृतिक रुपान्तरणमा लाग्नुपर्नेमा समेत जोड दिए ।

महासचिव पोखरेलले अहिले पार्टी संगठन सुदृढीकारणका लागि देसब्यापी रूपमा मिसन ग्रसरुट अभियान सुरु गरिएको समेत जानकारी दिए ।बुधबार बाट सुरुभएको कार्यशाला बिहीबार सम्पन्न हुने मुक्ति समाजका केन्द्रीय सचिव सोम पोर्रतेलले जानकारी दिए ।

कार्याशाला गोष्ठीमा मुक्ति समाजका स्थायी कमिटी सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरुको सहभागिता रहेको छ ।कार्याशालाले काठमाण्डौ घोषणापत्र जारी गर्ने छ ।त्यस्तै संगठनात्मक क्षेत्रमा देखिएका समस्याहरूको पहिचानगरी समाधानको कार्ययोजना समेत बनाउने छ ।

त्यसैगरी दलित समुदायका ज्वलन्त मुद्धाहरुको पहिचानगरी मुद्धाहरुको सम्बोधनका लागि रणनीति तय गर्ने सचिव पोरतेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै