होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लम्पी स्कीन प्रकोप रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस् : प्रमुख सचेतक गिरी
समाचार

लम्पी स्कीन प्रकोप रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस् : प्रमुख सचेतक गिरी

  • नागरिक रैबार
लम्पी स्कीन प्रकोप रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस् : प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।

गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका हुन ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले विपन्न किसानहरुमा यो प्रकोपबाट ३७ अर्ब हाराहारीको क्षति हुँदापनि त्यसलाई सरकारले गम्भीरताका साथ नलिएको बताए । सरकारले प्रभावकारी ढंगले खोप तथा उपचार सेवा वितरण बताउँदै उनले किसानहरुले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताए ।

प्रमुख सचेतक गिरीले भने,‘सरकारले समयमै सचेतता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् कि यही स्थिति रहिरहने हो भने निकट भविष्यमा थप २५ लाख पशुचौपाया संक्रमित हुनेछन् र १ लाख बढी पशु चौपाया मर्ने स्थिति बन्नेछ । त्यसबाट किसानले ठूलो क्षति बेहोर्नुपर्छ भनेर विज्ञहरुले भनिरहेका छन्, तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ । खोप अत्यन्तै अप्रयाप्त छ र लगाउने गतिपनि अत्यन्तै सुस्त छ ।’

उनले गाउँमा खोप, औषधी र प्राविधकहरुलाई सरकारले नपठाएको भन्दै ध्यानाकर्षण गराए । किसान पीडाको आहालमा रहेको बताउँदै उनले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भएपनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गरे । राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै