होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्ने रवि लामिछानेको चेतावनी
समाचार

मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्ने रवि लामिछानेको चेतावनी

  • नागरिक रैबार
मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्ने रवि लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाउँदै अर्को बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए ।

उनले भने– ‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो सभामुख महोदय ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ, र सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छ । हामी मिटरब्याज पीडितको पक्षमा छौँ । मिटरब्याज पीडितका कारण जसरी नागरिक जिवन मरणको अवस्थामा पुगेका छन्, उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ । फाष्ट ट्रयाकमा ल्याएर पारित गर्ने तयार गरिएकोमा कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन ? यो संसदलाई जानकारी हुनुपर्छ ।’

उनले अर्को बैठकमा सो सम्बन्धी विधेयक कार्यसूचीमा राखिएन भने सदन चल्न नदिने पक्षमा रहने चेतावनी दिए । राताेपाटी बाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै