होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री रोजगारबाट बडीमालिकामा २ सय ८२ जनाले पाए रोजगारी
समाचार

प्रधानमन्त्री रोजगारबाट बडीमालिकामा २ सय ८२ जनाले पाए रोजगारी

  • नागरिक रैबार
प्रधानमन्त्री रोजगारबाट बडीमालिकामा २ सय ८२ जनाले पाए रोजगारी

नागरिक रैबार/बाजुरा ३० जेठ।बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् ।

नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको विभिन्न वडामा सिंचाई कुलो, गोरेटो बाटो निर्माण, खानेपानी मर्मत, सिंचाई ट्याकीं, मन्दिर मर्मत, फिल्ड निर्माण, पोखरी मर्मत लगायतका ३२ वटा योजनाहरुका काम सम्पन्न भएको रोजगार संयोजक थापाको भनाई छ ।

विज्ञापन

चालु आर्थिक वर्ष २०७९/८० मा बडीमालिमा १ करोड ६३ लाख २४ हजार रकम रोजगार कार्यक्रममा खर्च भएको बडीमालिका नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिका भित्रका ९ वटै वडाका २ सय ८२ जना बेरोजगारलाई समावेश गरी रोजगारी प्रदान गरिएको बडीमालिकाले जनाएको छ ।
No description available.

बडीमालिका नगरपालिकामा बेरोजगारलाई लक्षित गरेर रोजगारी सिर्जना गर्नका लागि नेपाल सरकारको १ करोड ३५ लाख २७ हजार र विश्व बैंकको २७ करोड ९७ हजारसहित कुल एक करोड १ करोड ६३ लाख २४ हजार रुपियाँको बजेट आएको थियो ।रोजगार कार्यक्रममा प्रतिव्यक्तिले १ सय दिन काम गरेका थिए । २०७९/८० मा मात्र नगरपालिकामा ३ हजार ५ सय ४५ जनाले बेरोजगारको सुचिमा सुचिकृत भएका थिए भने तीमध्ये २ सय ८२ जनाले रोजगार पाएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बेरोजगार व्यक्तिलाई कम्तीमा पनि १ सय दिनको रोजगारी दिने उद्देश्यसहित देशभरका स्थानीय तह मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि