होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राष्ट्रिय सभा निर्वाचनका लागि ५ दल दर्ता
Breaking News

राष्ट्रिय सभा निर्वाचनका लागि ५ दल दर्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राष्ट्रिय सभा निर्वाचनका लागि ५ दल दर्ता

काठमाडौंः माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सोमवारसम्म विभिन्न ५ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सोमवार (आज) दिउँसोसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत र नेपाल मजदुर किसान पार्टीले आयोगमा पुगेर दल दर्ता गराएका हुन्।

आयोगले दिएको जानकारी अनुसार हालसम्म सत्ता साझेदार दल नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा लगायतले भने दल दर्ता गर्न पुगेका छैनन्। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतवारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो। दल दर्ताको समय मंसिर २९ गतेसम्म रहेको आयोगले जनाएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार