होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो। मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ। मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।
काठमाडौं महानगरपालिकाले ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरेको छ। हाइ मास्ट लाइट आवश्यकता देखिएका ७० वटा चोकमध्ये ६२ वटा चोकमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए। उनका अनुसार ९ करोड ८५ लाख २२ हजार १४४ लागतमा बत्ती जडान गरिएको हो। ‘आउँदो पुस ३० गतेसम्म काम […]
रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट– २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली छन्। […]
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क […]
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि […]
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान […]
फेसबुक प्रतिक्रियाहरु