नागरिक रैबार/बाजुरा २६ साउन। नेकपा एमाले बाजुराले सुदूरपश्चिमको एकमात्र पहाड जोड्ने भीमदत्त राजमार्ग तत्काल सुचारु गर्न माग गरेको छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमाले बाजुराले अबरुद्ध राजमार्ग प्रति सरकारको ध्यानाकर्षण गराएको हो ।
भिमदत्त राजमार्ग अबरोध हुँदा सुदूर पश्चिमका पहाडी जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु सञ्चालनमा ध्यान दिन पनि सरकारसँग माग गरेको छ । खानीडाँडा नजिकै पहिरोले सडक भासिएपछि पहाड आउने जाने सबैप्रकारको यात्रा ठप्प बनेको छ ।
नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा सुदुरपश्चिमका पहाडी जिल्लाको आवत जावतमा समस्या हुनुका साथै सडकको बिषय लिएर बजारमा महँगी र कालोबजारी बढ्दै गएकोले तत्काल सडक सुचारु गर्न भनिएको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाबाट जिल्ला बाहिर जाने बिरामीहरुलाइ समेत असहज भएकाले तत्काल अबरुद्ध सडक संचालनका साथै अन्य बैकल्पीक मार्गहरुको निर्माण तथा मर्मत कार्य यथासिघ्र गर्न एमालेले सरकारसँग माग गरेको छ ।
भिमदत्त राजमार्ग सुचारु गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुका साथै चिसापानी जलघाटको पुल र सेती लोकमार्गको निर्माण कार्यमा ढिलाई भएकोले तत्काल काम सुचारु गरि निर्माण कार्य सम्पन्न गर्न बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु