होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र संचालनमा
समाचार

बडीमालिका-७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र संचालनमा

  • नागरिक रैबार
बडीमालिका-७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्र संचालनमा

 नागरिक रैबार/बाजुरा २८ जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याइएको छ । स्वास्थ्य क्षेत्रबाट टाढा रहेको बडिमालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गरेको हो । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कार्यलाई अगाडि बढाएको छ ।

स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । ७ को ढम्कनेमा सेवा बिस्तार भए संगै नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ को सल्लेना र ८ को रापकमा पनि शहरी स्वास्थ्य केन्द्र थप गर्ने कार्य भइरहको नगर प्रमुख खड्काले बताए ।

बडिमालिका ७ ढम्कनेमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन सुरु भइसकेको र अन्य २ ठाउँमा संरचानाहरु निर्माण भइरहेकोले चाँडै संचालनमा आउने नगर प्रमुख खड्काले बताए । स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पुर्‍याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको नगर प्रमुख खड्काले बताए ।

विज्ञापन

नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको र यस केन्द्रबाट ढम्कने दुदुली भोटेवाडा लगायतका बस्तीहरुका लागि सहज हुने वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । स्थानीय सरकार नागरिकको सेवामा हरबखत तल्लिन रहेको र आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गर्ने बताउँदै वडा अध्यक्ष पाध्यायले आवश्यक पर्ने सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई आग्रह गरेका छन् । आईतबार एक कार्यक्रमका बिच बडिमालिका नगरपालिका ७ ढम्कनेमा स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले एक कार्यक्रमका बिच आजैबाट सेवा दिने गरि केन्द्रको उद्धघाटन गरेको वडा सदस्य लोकेन्द्र रोकायाले बताए । बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका थिए ।

कार्यक्रमको अतिथिको रुपमा प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, वडा सदस्यहरु लोकेन्द्र रोकाया, डवल विक र पार्वती जोशी, नगर स्वास्थ्य संयोजक टेक बहादुर खड्का पत्रकार लक्ष्मीराज पाध्याय लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रममा टोल बिकास समितिका संयोजक राम बहादुर धामीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन मार्तडी स्वास्थ्य चौकी चुथीका इन्चार्ज काँशीचन्द पाध्यायले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि