होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूर पहाडमा वर्षा, नदीमा जलसतह बढ्ने अनुमान
Breaking News

सुदूर पहाडमा वर्षा, नदीमा जलसतह बढ्ने अनुमान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूर पहाडमा वर्षा, नदीमा जलसतह बढ्ने अनुमान
सांकेतिक तस्विर

धनगढीः सुदूरपश्चिमको पहाडी भू–भागमा वर्षा हुँदैछ। पहाडी जिल्ला अझै वर्ष हुने अनुमान गरिएको छ। पहाडी जिल्लामा वर्षा जारी रहेकाले महाकालीसहितका नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ।

देशका अधिकांश ठूला नदीमा आज पानीको बहाउ सामान्य घटबढ हुने पूर्वानुमान गरिएको हो। केही साना नदीमा बहाउ बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा पानीको बहाउ सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ। दिनेश खबरबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै