होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • हिमालीमा आजबाट ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
Breaking News

हिमालीमा आजबाट ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिमालीमा आजबाट ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नागरिक रैबार/बाजुरा २२ कात्तिक । जिल्लाको हिमाली गाउँपालिकामा आजबाट ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

हिमाली गाउँपालिकाको समन्वय तथा नेपालका साथी संस्था र मनमोहन मेमोरियल अस्पताल काठमाडौकाे प्राविधिक सहयोगमा उक्त शिविर आजबाट सूरू भएकाे हाे ।

कात्तिक २४ गतेसम्म संचालन हुने साे शिविरमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञका साथै अन्य सम्पुर्ण जनरल रोगका विरामीकाे चेकजाँच र उपचारसंगै परामर्श सेवा सहित दिईने भएकाे छ ।

विज्ञापन

पालिकाकाे केन्द्र  धुलाचौर स्वास्थ्य चौकीमा रहेको कोभिड अस्थायी अस्पतालमा स्वास्थ्य शिविर संचालन भईरहेकाे छ । शिविरकाे एक कार्यक्रमका विच हिमाली गाउँपालिकाका अध्यक्ष गाेविन्द मल्लले उद्घाटन गरेका थिए ।

शिविरकाे पहिलो दिन आज ३ सय बढी जना नागरिकहरुले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीले बताएका छन् ।

गाउँपालिकाका नागरिकहरूको उपचारमा सहजता होस भन्ने उदेश्यले शिविरको आयाेजना गरिएकाे हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न ।

शिविरमा चेकजाँच गर्न आएका दुर्गमका नागरिकहरूकाे शिविरका क्रममा उपचार हुन नसकि थप उपचार गर्नु पर्ने अवस्था आए गाउँपालिकाले सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने व्यवस्था समेत मिलाउने गाउँपालिका अध्यक्ष  मल्लकाे प्रतिवद्वता जनाएका  छन् ।

शिविरमा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियनद्वारा चेकजाँच भईरहेकाे गाउँपालिकाले जनाएको  छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै