



नागरिक रैबार/बाजुरा २४ चैत्र।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्वर ४ का २ सय ५ जना विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।


स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाको समन्वय र साईन नेपाल नामक संस्थाको सहयोगमा वडा नम्वर ४ का अतिविपन्न परिवारका २ सय पाँच जनालाई खाद्यन्न सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्वर ४ का विपन्न नागरिकहरुलाई लक्षित गरेर साइन नेपाल नामक संस्थाका समाजसेवी भक्तराज जोशीले खाध्यान्न सामाग्री सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

खाद्यन्न सामाग्री आज गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका विच वितरण गरिएको हो ।खाद्यन्न सामाग्री वितरण पछि विपन्न समुदायका परिवारहरुलाई केही दिनका लागि भएपनि परिवारको गुजरा चलाउन सहज हुने भएको छ ।




फेसबुक प्रतिक्रियाहरु