नागरिक रैबार/बाजुरा २० असार।नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको छ । आज बुढीगंगा नगरपालिका वडा नम्वर १० मा एक औपचारिक कार्यक्रमका विच ८४ वर्षिया वृद्धा साउँदद्धारा नारी टेलिभिजनको औपचारिक रूपमा दिप ज्वलन गरेर सुरूवात भएको छ ।
टेलिभिजनको शुभारम्भ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पाैडेल लामिछाने लगायत अतिथि रहेका थिए ।
टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका १० एचआईभि संक्रमित महिला र वडाका एकल महिलालाई खाद्यन्न सहयोग गर्ने कार्यक्रम समेत रहेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहल बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु