नागरिक रैबार/बाजुरा २१ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक नेपाल टेलिकमको एनटि फाईवर नेट संचालनमा आएको छ ।
नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाका अनुसार पुरानो एडिएसल सहितको इन्टरनेट सेवा विस्थापित गरेर सदरमुकाम मार्तडीमा नयाँ तिव्र गतिको एनटि फाइवर सेवा संचालनमा आएको हो ।
नेपाल टेलिकमले अहिले एनटि फाइवर नेट सेवा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जडान गरि सेवा सूचारु गरेको छ । विस्तारै नयाँ ग्राहकलाई समेत एनटि फाइवर सेवा दिइने नेपाल टेलिकमले बताएको छ ।
टेलिकमको नयाँ फाइवर नेट जडानका लागि २५ एमविपिएसको मासिक १ हजार रुपैयाँ सेवा शुल्क लाग्ने भएको छ । मार्तडीमा बसौपछि तिव्र गतिको रुपमा एनटि फाईवर नेट सेवा सूचारु भएसंगै सदरमुकामका सरकारी तथा गैरसरकारी कार्यालयलाई सहज भएको छ । टेलिकमले सो सेवा बुढीगंगा नगरपालिकामा समेत दिन लागेको छ ।
फेसबुक प्रतिक्रियाहरु