धनगढी: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा भेटिएका ७ सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए। त्रिनगरस्थित तिल्केतालबाट ६५० मिलीग्रामसहित ईश्वर साउद, टीकापुर नगरपालिका–१ बाट ११० मिलिग्रामसहित २२ वर्षीय शिशिर चौधरी र ४ ग्राम ८८० मिलीग्रामसहित भारतको तिकुनिया बस्ने २० वर्षीय सतिश रानालाई समेत पक्राउ गरिएको उनले बताए।
फेसबुक प्रतिक्रियाहरु