होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निजामती कर्मचारीका ६८७ सन्ततिलाई १७ करोड ८१ लाख बाँड्दै सरकार
समाचार

निजामती कर्मचारीका ६८७ सन्ततिलाई १७ करोड ८१ लाख बाँड्दै सरकार

  • नागरिक रैबार
निजामती कर्मचारीका ६८७ सन्ततिलाई १७ करोड ८१ लाख बाँड्दै सरकार

काठमाडौँ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपैयाँ बाँड्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तहमा पढ्ने विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम बाँड्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार स्नातक तहमा पढ्ने कूल ६ सय ८७ जना विद्यार्थीलाई उक्त रकम बाँड्न लागिएको हो । जसमा चिकित्साशास्त्रका १४४ जनालाई ७ करोड १७ लाख, स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार, इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७ सय ५८ रुपैयाँ, व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपैयाँ, सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपैयाँ, कृषी विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार दुइ सय रुपैयाँ, कानुन संकायका ४५ जनालाई ७६ लाख रुपैयाँ, मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २ सय ९० रुपैयाँ, विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार दुई सय ५० रुपैयाँ, वन विज्ञान संकायका ५ जनालाई ५ लाख, आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपैयाँ र शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपैयाँ वितरण गर्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार स्नातक तह प्रथम वा दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम वितरण गर्न लागिएको हो । राताेपाटी बाट 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै