होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा, ललितपुरमा विरोध सभा
समाचार

बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा, ललितपुरमा विरोध सभा

  • नागरिक रैबार
बहस छाडेर कानुन व्यवसायी प्रदर्शनमा, ललितपुरमा विरोध सभा

१८ असार, काठमाडौं । देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् ।जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ललितपुर बार एशोसिएसनकाे पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।

विज्ञापन

यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् । कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए । अनलाइन खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार