अछामः प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन्।
एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन्। नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए। रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए।
एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन्। उनलाई पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन्। उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन्। रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाललगायतका नेताहरुले आग्रह गरिरहेका छन्।
फेसबुक प्रतिक्रियाहरु