नागरिक रैबार/बाजुरा १७ पुस। कृषि ज्ञान केन्द्र बाजुराले बडीमालिकाका कृषकहरुलाई आलुको विउ वितरण गरेको छ । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा नगरपालिकाको ८ र ९ का आलु खेती गर्ने कृषकहरुलाई हिउँदे आलुको बीउ वितरण गरेको हो ।
ज्ञान केन्द्रले बडीमालिका ८ र ९ का १ हजार बढी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको हो । आलु खेतिमा कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विउ वितरण गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।
बडीमालिका नगरपालिकाका ८ र ९ को गणखेत, वाउली खर्रा, विरखम्म, जिउला, कोठेरा, ढाडुरा ,ऐडिबाडा, रौले खेत, दैयारा,बडुवाल बाडा र जिउलामा आलुखेति गरिदै आएको छ ।
अहिले बाजुरामा वर्षातका कारण आलुको अभाव भएकाले हिउँदको महिना आलु खेती गर्ने कृषकलाई सहज हुनेगरी पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बाजुरामा यतिबेला हिउँदे आलु लगाउने समय भए पनि कृषकहरूले कतैबाट बीउ प्राप्त गर्न नसकेकाले कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु