नागरिक रैबार/बाजुरा १५ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी जवान जानकी कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी शाखामा कार्यरत रहेकी प्रहरी जवान कार्कीलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीमा पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले बताएका छन् ।
श्रावण महिनामा उत्कृष्ट कामहरु गरेको र अन्य प्रहरी कर्मचारीहरू समेतलाई प्रोत्साहित गर्न कार्कीलाई २०७९ साल ‘श्रावण महिनाको उत्कृष्ट प्रहरी’ द्वारा पुरस्कृत गरेको प्रहरी नायव उपरिक्षक थापाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा घरेलु हिंसा लगायत विविध विषयमा यस कार्यालयमा परेका उजुरीहरुमा सम्वन्धित पक्षलाई छलफल गराई मिलापत्र गराउनुका साथै सामुदायिक प्रहरी शाखाबाट अपराध न्युनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन तथा रेडियो बाजुराबाट प्रत्येक महिनाको १५ र ३० गते जनहितमा बाजुरा प्रहरी रेडियो कार्यक्रम संचालन गरि जनमानसमा प्रहरी प्रतिको जनविश्वास अभिवृद्धि गर्न तथा समाजमा शान्ति सुरक्षा अमनचयन कायम राख्न प्रहरी जवान कार्कीले ठुलो योगदान पुर्याएकि थिईन् ।
बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका १ घर भएकी कार्कीले २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । ४ वर्षदेखि बाजुरामा कार्यरत रहेकी कार्की इलाका प्रहरी कार्यालय गौमुलमा दरवन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकी थिइन् ।
फेसबुक प्रतिक्रियाहरु