समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका पुग्न बाजुरा सदरमुकाम मार्तडी र कोल्टीबाट तीनदिनको पैदल यात्रापछी पुगिन्छ ।बडिमालिकाको बारेमा मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भएको कुरा स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएको पाइन्छ।
प्राचिन युगमा दक्ष प्रजापति ऋषिले भारतको कर्नाखलमा महाँयज्ञ गर्दा सबैलाई बोलाएको र शिव पार्वतीलाई नबोलाई यज्ञ गरेको हुनाले उक्त यज्ञ अपरो हुने कुरा नारद ऋषिले दक्ष प्रजापतिलाई बोलाउन आग्रह गरेपछि शिव पार्वतीलाई बोलाएर सो यज्ञमा शिवको धेरै निन्दा गरेका कारण शिव निन्दा सहन नसकि सतिदेवीले दक्षको यज्ञमा होमिए पछि शिवले सो कुपित शरिरलाई बोक्ने क्रममा मल्लागिरी पर्वतमा बायाँ कुम पतन भएको कुरा श्री स्वस्थानी बर्त कथामा उल्लेखछ।मल्लागिरी पर्वतमा ऋषिमुनीहरुले तपस्या गरेको हुनाले यसलाई साधनस्थलीको रुपमा रहेको विश्वास गरिन्छ।
दक्ष प्रजापतिकि छोरीहरु मध्ये सबैभन्दा जेठी अथवा ठुली भएको हुनाले बडिमालिका भनिएको हो।बडिमालिका मातालाई महाशक्ति पिठको रुपमा लिनुका साथै राज्यले सम्मान दिएकि देवि हुन।बडिमालिका माताको दर्शनका लागि राजा, राष्ट्रपति र देशका बिशिष्ट अहोदाका व्यक्तिहरुले दर्शन गरिसकेकाछन।
(१२औं पटक बडिमालिकाको पुजामा सरिक भएका जुम्ला चन्दनाथका पुजारी राजेन्द्र प्रशाद उपाध्याय रेग्मीका अनुसार) जुम्लाको चन्दनाथ मन्दिर बाट बडिमालिका मन्दिरमा सरकारी टोली (गोर्खो) आउने प्रचलन वि.स. १३७८ बाट पृथ्वी मल्लको पाला बाट शुरु भएको र चन्दनाथ बाबाको यस पटकको यात्रा ७७६औं रहेको बताउनु भयो।
श्रावण शुक्ल पुर्णिमामा लाग्ने बडिमालिका माताको पुजाका लागि डोटीको शिलगढी बाट श्रावण कृष्ण औसी र जुम्लाको चन्दनाथ बाट श्रावण शुक्ल पञ्चमीको दिन सरकारी टोली भगवतीका बिषेश मुर्ति,पुजाका सामान र गाउँगाउँ बाट अक्षता लिएर आउने परम्परा रहेकोछ।
सरकारी टोलीलाई नेपाल सरकारले सात वटा सलामी दिने गर्दछ।जुम्ला,डोटी,कालिकोट र बाजुराको सरकारी टोली त्रिबेणी धाममा पुगेर श्रावण शुक्त त्रयोदशी तिथिमा पुजारीले गजुर र मुर्तिहरु नुहाँएर बडिमालिका माताको मन्दिरमा लिएर श्रावण शुक्ल चतुर्दशीको विहान बडिमालिका माताका बिशिष्ट गहना र मुर्तिहरु राखेर सरकारी टोलीको उपस्थितिमा सरकारी पुजा गर्ने प्रचलन रहेकोछ।
बडिमालिकामा पाइने बुकी,चुन,तिलक र तोरणलाई भगवतीको प्रशादका रुपमा लिइन्छ।वडिमालिकाको दर्शन गर्न जाने व्यक्तिहरुले श्रावण कृष्ण औंशीको दिन देखि शुद्ध पबित्र रहेर श्रावण शुक्त त्रयोदशी तिथिमा बडिमालिका माताको दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्छ ।
यो पुण्यभूमिमा पाइला टेक्यो भने मनोकामना पूरा हुन्छ,भन्ने जनविश्वास छ।नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ,गढवाल,पिथौरागड लगायतका ठाउँबाट पनि तीर्थयात्रीहरू यहाँ आइपुग्छन् ।बडिमालिका क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर र मनोरम छ । धार्मिक हिसाबले पनि उत्तिकै महत्त्व बोकेको त्रिबेणी धाम,नौमुलेमा नुहाइधुवाइ गरेर, पितृ पूजा र देविदेवतालाई जल चढाएमा शुद्ध पवित्र हुन्छ भन्ने धार्मिक विश्वास छ।
यस बर्ष जनै पुर्णिमा श्रावण महिनामा परेको र बर्षात कम भएका कारण बडिमालिका माताको पुजाअर्जना र दर्शनका लागि जान सहज हुने भएकोले आमाले बडिमालिका जाने सोच बनाउनु भएको कुरा श्रावण २१ गते कार्यालयको काम सकेर घर आँउदा म मालिका जाने भए तिमिहरु तयार होउ भन्नु भयो।
एक पटक बडिमालिका गएको व्यक्तिले दोहोर्याएर जानै पर्ने धार्मिक मान्यताका कारण मैले दोस्रो पटक जाने सोच बनाए।पहिलो पटक वि.स.२०६३ सालमा बडिमालिका जाँदा धार्मिक आस्ताका आधारमा गएको हुनाले अन्य कुरामा खासै ध्यान दिइएन।जुन अपेक्षा लिएर माता सामु पुगेको थिए सो बरदान प्राप्त भएकोले मलाई बडिमालिका माता प्रति पुर्ण विश्वास छ।त्यो बेला म संग न क्यामरा थियो,नत राम्रो खालको मोवाइल सबै कुरा सम्झनामा आधारित थिए।
यो पटक धार्मिक आस्था भन्दा पनि पर्यटकिय रुपमा जति सकिन्छ, बडिमालिका यात्राको बारेमा जान्ने,बुझ्ने र सोधखोज गर्ने अवसरका रुपमा प्रयोग गर्न सोच बनाए पनि बडिमालिका जानका लागि कुनै तयारी थिएन।बडिमालिका जानका लागि २३ गते श्रावण शुक्ल एकादशीको दिनमा हिडनु पर्ने थियो।२२ गते कार्यालय प्रमुख संग अनुमति मागे पछि बडिमालिका जाने निधो भयो।
पुजाका समान किन्नका लागि बुबालाई फोन गरेर ल्याइदिन र आमालाई बाटोमा खाने सातु,अचार र चिनि रोटी तयार पार्नका लागि खबर गरे।बडिमालिका जाँदा आवश्यक पर्ने अन्य सामानहरु क्यामरा,रेनकोट,म्याट र स्लिपिङ्ग ब्यागको व्यवस्था गरेर साँझ घर फर्किदा आमा बुबाले सबै तयारी पुरा गरिसक्नु भएको थियो।घरमा बडिमालिका जानका लागि आमा,म र मेडम जाने सल्लाह भयो।२३ गते विहान सात बजे हिडने तयारी गर्दै गर्दा आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि आमा नजाने कुरा भयो।
पहिलो दिन ……
तयारी भैसकेको हुनाले बुबा आमाले जानका लागि अनुमति दिएपछि थोरै हर्ष धेरै चिन्ता बोकेर आमाको स्वास्थ्य लाभको कामना गर्दै सपरिवार बडिमालिकाको दर्शनका लागि उकालो लाग्यौ। गाउँ बाट केहि माथि उक्लेपछि बर्मा गिरी,जिरा जैसी,नरेश गिरी र हेमन्त गिरी संग भेट भयो।ढाडाकोट,सिरातोला,सुकादह,झुलौन र बाँडे पुगेपछि बडिमालिका जानेको संख्या थपिदै गयो।
विहान खाजा खाएर हिडेको र बाटोमा खानका लागि रोटी बोकेको हुनाले ठाँउठाँउमा रोटी र फलफुल खादै रमाइलो गर्दै पहिलो दिनको बास दिउडा पाटन पुग्दा झमक्क साझ परिसकेको थियो।कहाँ बस्ने के गर्ने भन्ने कुनै योजना नभएकोले जगन्नाथ १,का साउबाडीको खर्कमा जाने निधो भयो।हामी भन्दा पहिला धेरै दर्शनार्थी गैसकेको हुनाले खर्कमा पाइला राख्ने सम्म ठाँउ थिएन।
खर्काला रघु गिरी र दलु गिरीले व्यवस्थापन गरौला भनेपछि झोला राखेर आलोपालो गरेर रोटी पकाएर खाने काम भएपनि सुत्नका लागि कंहि व्यवस्था नभएपछि रवाको छोडेको खर्कमा गएर रात बिताइयो।पछिल्लो समयमा पशुपालन पेशा प्रति किसानहरुको आर्कषण घटेका कारण बाटोमा भैसी,घोडा,भेडाका बथानहरु न्युनमात्रामा थिए,भने पहिले बनाएका खर्कहरु उजाड देखिन्थे।वि.स.२०६३ सालमा बडिमालिका जाँदा बाटोमा खर्कालाहरुले यात्रुहरुलाई दुध,दहि,खिर र गालिम दिएर स्वागत गर्ने र दर्शनार्थीहरुलाई खुवाएमा पुण्य प्राप्त हुने विश्वास कायम थियो।हिजोआज सो प्रचलन र विश्वास हराउदै गएको पाइयो।
दोस्रो दिन ……
श्रावण २४ गते विहान ६.०० बजे दिउडामा नुहाइधुवाई गरेर खर्क बाट निस्किदा विभिन्न ठाँउबाट गएका दर्शनार्थीहरु दिउडा पाटन भरी बडिमालिका माताको जयजयकार गर्दै त्रिबेणी तिर अगाडी बढिरहेका थिए।हाम्रो टोली तेल्याली चौर,फुलहाल्नामा ध्वजा र भेटी चढाएर बाटोमा घोडा,भेडा, भैसीका बथान,लोभलाग्दा पाटन,विभिन्न प्रजातीका फूल,जडिबुटी र खुलेको आकासमा हिमालको फोटो खिच्दै अगाडी बढदै गर्दा कोहि लेक लागेर थकित मुद्रामा देखिन्थे भने कोहि त्रिबेणी बाट देवताको जल लिएर फर्करहेका थिए।सातपाखे कटेर बुढीमाइको थान पुग्दा मार्तडी,कोल्टी,हुम्ला,मुगु,कालिकोट र जुम्ला बाट आएका तिर्थ यात्रीहरुको भेट बुढीमाईको थानमा हुने भएकोले बुढीमाईको थानमा पुग्दा सयौं दर्शनार्थीहरु पुजाअर्जना गरिरहेका थिए।
हामीले बुढीमाइको थानमा पुजा गरेर त्रिबेणी तिर लाग्यौ।दिउसो २.०० बजे त्रिबेणी पुग्दा हजारौ यात्रुहरुले त्रिबेणी पाटन भरिभराउ भैसकेको थियो।त्रिबेणीमा पाल टाँगेर आफ्नो समानहरु पालमा राखेर त्रिबेणी पाटन र जिउली घुमीरहदा कोहि पृति कार्य गरिरहेका,युवा पुस्ताका तिर्थयात्रीहरु विभिन्न पोज दिएर फोटो खिचिरहेका र बाहिर जिल्ला बाट आएका पाका उमेरका तिर्थयात्रीहरु खेतिबेति,जिउली,बडिमालिका र त्रिबेणीको धार्मिक महत्वको बारेमा सोध्नुका साथै सयौ यात्रुहरु त्रिबेणी र जिउलीको धार्मिक महत्वको बारेमा जानकारी नपाएर प्राकृतिक सौन्दर्यतामा रमाई रहेका थिए।साझ सम्म त्रिबेणी टेन्ट र पालले भरिभराउ भएको थियो।
त्रिबेणीमा सुरक्षा निकाय,स्वंयमसेवक,स्काउट र रेडक्रसको बाक्लो उपस्थिति भएपनि व्यवस्थापनको पाटो अत्यन्त कमजोर थियो।त्रिबेणीमा खोलिएका होटलहरु अस्तव्यस्त हुनुका साथै महंगीले छुनै नसकिने थिए।(पुरी प्रति पिस रु ४० चना प्रति प्लेट रु १२० र कालो चिया रु ३०) अघिल्लो पटक जाँदा त्रिबेणीमा राती प्राय सबै पालहरुमा बडिमालिका माताको मागल,चाँणची गाएको र बडिमालिका माताको जयजयकार गरेको सुनेको थिए,भने यस पटक कुनैपनि टेन्ट र पालमा मागल गाएको सुनिएन।सुनियो त केवल विभिन्न खालका गितमा दिउसो खिचेका फोटोहरुमा टिकटकका लागि गित छनौट गर्दै गरेको।
तेस्रो दिन ……
३ हजार ८ सय ६० मिटर उचाइमा रहेको त्रिवेणीधाममा बिहानै उठेर त्रिवेणी नदिमा नुहाइधुवाइ गरेर हामीहरु विहान ७.०० बजेतिर बडिमालिका धामतिर उक्लियौ।जति माथि उक्लिदै गयो उति नै मनमोहक पाटनमा फुलेका फूलहरु,दर्शनार्थीहरुको लर्को,भेडा,घोडाका बथान,जडिबुटी र क्षितिज सम्म देखिने अग्ला अग्ला हिमालका दृश्यहरुले जो कोहिको मन लोभिनु स्वभाविकै हो।
हामीहरु उकालो लाग्दै गर्दा सयौ यात्रुहरु दर्शन गरेर फर्किरहेका थिए,भने हजारौ यात्रुहरु दर्शनका लागि ताँती लगाएर उक्कलिदै थिए।बाटोमा प्राय सबै उमेरका दर्शनार्थीहरु आ आफ्नो मनोकाँक्षा पुरा होस भन्ने आशयका साथ गाईगोठमा बर माग्नका लागि आफुले माग्न चाँहेको बरको नमूना बनाएर भेटी चढाइरहेका थिए।
लौरी बिनायक पुगेर मन्दिरमा पुजा सकेपछि आफुले टेकेको लठ्ठी साटने प्रचलन अनुसार हामीले एक अर्काको लठ्ठी साँटेर अगाडी बढ्यौ।भर्कोपर्नामा भेटी चढाएर बासुधारा पुगेपछि बासुधाराको जलले शुद्ध पबित्र भएर बडिमालिका माताको मन्दिरमा दर्शन गर्नु पर्ने धार्मिक विश्वास रहेकोले यस बर्ष बासुधारामा जल नभएका कारण हामीले नजिकै रहेको मुहानको पानीले हातमुख धोएर उकालो लाग्यौ। बडिमालिका मन्दिर पुग्दा सयौ दर्शनार्थीहरु दर्शनका लागि लाइनमा थिए,भने हजारौ दर्शनार्थीहरु टेन्ट र पालमा ओत लागेर बसेका थिए।
पुरानो परम्परा अनुसार आ आफ्नो ठाँउमा पाल हाल्नु पर्ने नियम अनुसार ढाडाकोटका बिष्टहरुको पाल हाल्ने ठाँउमा अरुले नै पाल हालिसकेको हुनाले हामीले अर्को ठाँउमा पालहालेर ओत लागियो।भिरालो जमिन,रातभरिको हावाहुरी र पानीका कारण रातभरि सुत्न पाइएन।
चौथो दिन ……
श्रावण शुक्ल चतुर्दशीको विहान ३.०० बजेबाट पुजाका लागि मन्दिर खुल्ने जानकारी प्राप्त भएपछि हामीहरु विहान ४.०० उठेर दर्शनका लागि लाइन बस्दा सयौ यात्रुहरु लाइनमा थिए।विहान ६.०० बजे सम्म हामी भन्दा पछाडी पनि हजारौको संख्यामा लाइन बढदै गइरहेको थियो।विहान ८.०० बजे देखि ११.०० बजे सम्म सरकारी पुजा भएका कारण लाइन एकइन्च पनि अगाडी बढेन।सरकारी पुजाको समयमा लाइनमा बसेका दर्शनार्थीहरु भन्दा लाइन भन्दा बाहिरका व्यक्तिहरुलाई स्वंयमसेवक,मन्दिर व्यवस्थापन समितिका सदस्य र सुरक्षाकर्मिहरुले आफुले चिनेका दर्शनार्थीलाई घुसाउदा सर्वसाधारणले घण्टौ लाइनमा बस्नु परेको थियो।
लाइनमा अनियमिता भएका कारण एकजना पत्रकारले बडिमालिकाका पुजारी परिवारका सदस्यलाई तपाईहरु बडिमालिका माताको नाममा कलंक हो,भन्दा उहाँ नाजावाफ हुनु भएको थियो। बडिमालिका माताका लागि सबै दर्शनार्थीहरु समान भएपनि त्यहाँका पुजारी,मन्दिर व्यवस्थापन समिति,स्वंयमसेवक,सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुले इमान्दारिता कायम नगरेका कारण म लगायत बाहिर जिल्ला बाट आएका दर्शनार्थीहरुले दिउसो २.०० बजे अन्तिममा दर्शन गरेर फर्किदा काठमाण्डौ बाट आएका दर्शनार्थीहरु बासुधाराको उकालो उक्लिदै थिए।हामीहरु त्यो रात दिउडा पाटन बसेर श्रावण २७ गते जनै पुर्णिमाको साझ घरमा पुग्दा आमा उपचारका लागि नेपालगंज पुगि सक्नु भएको रहेछ।
बडिमालिका माताको दर्शनका लागि नेपाली काँग्रेसका पार्टी सभापति रामसिंह रावल,नि. वर्तमान सभापति कविराव पण्डित,नेतृ जुना दानी,त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा,प्रमुख जिल्ला अधिकारी,तिनवटै सुरक्षा निकायका प्रमुख र बडिमालिका नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत र पत्रकारको बाक्लो उपस्थिति रहेपनि बडिमालिकाको अस्तव्यस्त व्यवस्थापन प्रति कसैको ध्यान पुगेको देखिएन।कसरी हुन्छ आफुले चाँडो दर्शन गरेर फर्किने चाँहना राखेको पाइयो।
त्रिबेणी र बडिमालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि सुरक्षाको अनुभुति भएन।स्काउटको टोलीले त्रिबेणीमा बाटो बनाउन,काठे साँगु हाल्ने र त्रिबेणीको फोहोर व्यवस्थापन गरेपनि बडिमालिकामा मन्दिर वरिपरिको फोहोर सफा गर्ने काम गरेको थियो।बडिमालिकामा होटल,पशल बाट निस्केको फोहोर र पच्चिस हजार भन्दा बढी दर्शनार्थीहरुले खुला ठाँउमा दिशा पिसाव गरेका कारण बडिमालिका दुर्गन्धित थियो।
बडिमालिकाको धार्मिक र पर्यटकिय विकासका लागि निम्न कुराहरुमा सुधार गर्नु पर्ने देखिन्छ।
१.बडिमालिकाको होमकुण्ड प्लाष्टिकको पालले छोपेर यस बर्ष पुजारीले होम गरेका र होम सकेपछि मन्दिर व्यवस्थापन समितिका सदस्यले दर्शनार्थी लाइनमै बसेका बेला उक्त पाल झिक्नु र ध्वजापताका निकाल्नुले मन्दिर प्रतिको मोह कति रहेछ भन्ने स्पष्ट बुझ्न सकिन्थ्यो।दर्शनार्थी फर्कुन्जेल सम्म त बडिमालिका मन्दिरको सजावट भत्काउदै गरेको उजाड घर जस्तो बनाउदा रहेछन।बडिमालिकामा राज्यका तर्फ बाट करोडौ लगानी भएपनि बनाइएका संरचना हेर्दा व्यापक अनियमिता भएको अनुमान गर्न सकिन्छ।त्यसका लागि बेलैमा खबरदारी गर्नु पर्ने देखिन्छ।
२.बडिमालिकामा उठेको दान,भेटि,गरगहना,सुन,चाँदी र मुर्तिहरुलाई व्यवस्थित गर्नका लागि गुठी संचालन गरेर पुजारी र हुमारालाई निश्चित तलबको व्यवस्था गर्नुका साथै अन्य रकम बडिमालिकाको विकासमा खर्च गर्ने नीति बनाउनु पर्छ।
३.अहिले सम्म बडिमालिकाको नामले पुजारी र हुमाराले मात्र कमाएको पाइयो,बडिमालिकामा नत गतिला संरचना नै बनेकाछन।न दर्शनार्थीमा सन्तुष्टी पाइयो।बडिमालिकाको धार्मिक र पर्यटन प्रबर्द्धन गर्ने हो,भने समग्र बाजुरेली जनताले कमाउने वातावरण सिर्जना गरौ नत्र बडिमालिकाको नाममा कुनै व्यक्तिलाई धनि बनाउनु आवश्यक छैन।
४.धार्मिक स्थलमा जाने भक्तजनहरुले प्राय धार्मिक आस्थाका आधारमा विभिन्न देवालय र मन्दिरमा स्वइच्छाले भेटी र पुजाका सामाग्री चढाउने गर्दछन।सो भेटी कैंयौ दिन सम्म मन्दिरमा सुरक्षित देख्न सकिन्छ।बडिमालिका जाने क्रममा दर्शनार्थीले चढाँउदा चढाँउदै गरेको भेटी,अक्षता र फलफूलहरु ठाँउठाँउमा बसेका मन्दिरका पुजारीले राख्न नपाउँदै उठाउनुले दर्शनार्थीको धार्मिक आस्तामा कमि आएको देखियो।बडिमालिका माता प्रतिको जुन धार्मिक आस्ता हो,त्यो कायम राख्नका लागि बडिमालिका,नाटेश्वरी,त्रिबेणी,बडिमालिका माताका पुजारी,हुमारा,बडिमालिका जाने बाटोमा बनाइएका देवालय,मन्दिरमा बसेका पुजारी र गोठालाहरुको आचरणमा सुधार नआए सम्म बडिमालिका माता प्रतिको विश्वास घटदै जाने देखिन्छ।
५.सरकारी पुजाका नाममा लाइनमा बसेका हजारौ दर्शनार्थीहरुलाई घण्टौ लाइनमा कुराउनुको साटो सरकारी पुजा शुरुमा गर्दा उपयुक्त हुने देखिन्छ।
६.बडिमालिकामा जनै पुर्णिमामाको एकादशि देखि पुर्णिमा र गंगा दशहराको एकादशि देखि पुर्णिमा सम्म पुजा अर्चना गर्ने व्यवस्था गरौ।जसले गर्दा तिर्थयात्रुले आफ्नो अनुकुलतामा दर्शन गर्न पाओस।
७.त्रिबेणी र बडिमालिकामा होटल पशल गर्ने व्यक्तिहरुलाई निश्चित मापदण्डका आधारमा होटल पशल संचालन गर्ने व्यवस्था मिलाउने र होटल पशलबाट निस्केको फोहोर व्यवस्थापनको जिम्मेवारी स्वंयमले लिनु पर्ने व्यवस्था गरौ।
८.एक जना व्यापारी दर्शनार्थीको लाइन मै मेघाश्री प्रति पिस रु १०।चाउचाउको प्रति पिस रु ५०।भनेर बिज्ञापन सहित बिक्रिवितरण गरिरहनु भएको थियो।त्रिबेणीमा मदिराको व्यापार हुनुले व्यापार व्यवसाय गर्न पाउनु उहाँको संबैधानिक अधिकार त होला तर मन्दिरमा कुन चिज बिक्रि गर्न पाइन्छ,कुन पाइदैन आगामी दिनमा छलफल हुन आवश्यक छ।
त्रिबेणी र मालिकामा संचालन गरेका होटल व्यवसायीहरुले व्यवसायको धर्म विपरित व्यापार गरेको देखियो।कुनै पनि होटलको रेटमा एकरुपता थिएन।बडिमालिकामा पाउडर दुधको खिर बेच्नुले हामी कहाँ छौ भन्ने जो कोहि ले पनि सजिलै अनुमान गर्न सकिन्छ।व्यापार गर्नु छ,भने बाजुराको उत्पादनलाई प्रोत्साहन हुने खालका उत्पादन फापर बाट बनेका परिकार,सातु, जौ,तिल,घ्यु,अचार,धुप,खिर,दुध,दहि र पुजा सामाग्री,काठमा सामाग्री,निगालोको बाट बनेका हस्तकलाका सामाग्री र ढुङ्गाका मुर्ति बेच्नका लागि प्रोत्साहन गरौं।
९.बाजुराका स्थानीय तहले गाउँमा पृतिहरुका माणु बनाउनुको साटो दर्शनार्थीहरुका लागि दिउडा पाटन,सोता पाटन र त्रिबेणीमा कम्तिमा दुईर सय जना अटन सक्ने धर्मशालाहरु बनाँउ।
१०.दर्शनार्थीहरुको सहजताका लागि कोल्टी देखि त्रिवेणी,मार्तडी देखि त्रिबेणी,मान्मा देखि त्रिवेणी, नाटेश्वरी देखि त्रिबेणी सम्म र त्रिबेणी देखि बडिमालिका सम्म बाटोको दुरी,दिशा,उचाई र बासबस्ने ठाउँहरु उल्लेखित ठाँउठाँउमा साइनबोर्डहरु राख्ने व्यवस्था गरौ।
११.दर्शनार्थीहरुको अपेक्षा सहज तरिकाले बडिमालिकाको दर्शन गर्न र तिलक तोरण पाउनु हो। बडिमालिकामा न सहज तरिकाले दर्शन गर्ने व्यवस्था मिलाएको पाइयो नत तिलक र तोरण नै त्यसका लागि मन्दिर व्यवस्थापन समितिले दर्शनका लागि चार वटा लाइन बृद्ध,बृद्धा, बिरामी,अशक्त,अपाङ्गहरुको एक लाइन बाह्य जिल्ला बाट आएकाहरुको एकलाइन र स्थानीय महिला र पुरुषको अलग लाइनको व्यवस्था गर्नु पर्ने देखिन्छ।
१२.मन्दिर बाट दर्शन गरेर फर्किने दर्शनार्थीहरुका लागि लाइन मै पुजारीले तिलक र तोरण दिने व्यवस्थाका लागि एकादशिको दिन देखि नै होम गर्ने र उक्त होमकुण्ड बाट निस्केको तिलक दर्शनगरि सकेर फर्किने बेला दर्शनार्थीहरुको हातमा तिलक र तोरण सजिलै दिने व्यवस्था हुमाराले गरौस।त्यसको व्यवस्थापनका लागि त्रिबेणी नगरपालिका र बडिमालिका नगरपालिकाले जौ,तिल,घ्यु र दाउरा खरिदको लागि बार्षिक पुजा खर्च छुटयाउने व्यवस्था गर्नु पर्ने देखिन्छ।
१३.बडिमालिकाको धार्मिक तथा ऐतिहाँसिक महत्वका बारेमा बुकलेट प्रकाशित गर्नका यसै बर्ष एउटा बिज्ञ टोली गठन गरेर नयाँ बर्षमा बुकलेट प्रकाशित गर्ने गरि जिम्मेवारी दिने व्यवस्था गरौ जुन टोलीले जुम्लाको चन्दनाथ,डोटीको शैलेश्वरी संगको सम्बन्ध,बडिमालिका माताका चाँणची,मागल,विभिन्न स्थानमा स्थापना गरिएका देवालय,त्रिबेणी पाटन,जिउली,नाटेश्वरी,लौरी बिनायक,बासुधारा जस्ता स्थानको महत्व उल्लेख होस।त्यसो हुँदा बडिमालिका माताको दर्शन गर्न आउने यात्रुले एक अर्कालाई सोध्नु नपरोस।त्यसका लागि बाजुराका नौ वटै स्थानीय तहले बुकलेट प्रकाशन,चार वटा बाटो बाट बडिमालिका जादै गरेको छोटो भिडियो क्लिप बनाए नगरपालिका र जिल्ला प्रशासनको Web Site मा राख्नका लागि बजेटको व्यवस्था गर्नुपर्ने देखिन्छ।
उक्त बुकलेट कालिकोटको मान्मा,पचालझरना,जुम्लाको खलङ्गा,बाजुराको कोल्टी, मार्तडी,नाटेश्वरी, अछामको साफे,डोटीको शिलगढीका पुस्तक पशल,सुदुरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय र पर्यटन बोर्ड बाट निशुल्क रुपमा एक पटकका लागि वितरण गर्ने व्यवस्था मिलाउ त्यसका लागि मेरो के सहयोग आवश्यक पर्छ म सहयोग गर्न पुर्ण प्रतिबद्धता जाहेर गर्दछु।
१४.बडिमालिका क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड,पर्यटन मन्त्रालय र सिंह दरबारमा बैठक गर्नुका साथै विभिन्न छापा,विद्युतिय अनलाइन पत्रपत्रिका,टेलिभिजन र सामाजिक संजाल मार्फत प्रचार प्रसार गरिरहेका छौ।तर बाह्य पर्यटकका लागि त्रिबेणी पाटन र मालिकामा पाल र टेन्ट हाल्नका लागि पुरानो परम्परा अनुसार यो पाल हाल्ने ठाँउ बिष्टको,साँउदको,थापाको, कोर्धको,मार्तडीको,पैमाको र पाण्डुसैनको भनेर रोजेर हालिएका टेन्ट उठाउनुले कसरी पर्यटन प्रबर्द्धन हुन सक्छ।त्यसैले बाहिर बाट आएका दर्शनार्थीहरुलाई पहिलो प्राथमिकता दिउ र बडिमालिका मन्दिर वरिपरिको जमिन भिरालो भएका कारण पाल र टेन्ट हाल्न असहज भएकोले भिरालो जमिनलाई मिलाउनुका साथै हेलिप्याड बनाएको ठाउँ खुल्ला राख्ने व्यवस्था गरौ।किनकी पुजाको दिन देशका बिशिष्ट व्यक्तित्वहरुको आगमन हुन सकोस।यस पटक तिन पटक हेलिकोप्टर बस्ने ठाँउ नपाएर आकाश मै घुमेर फर्कियो।
१५.बडिमालिकामा खानेपानीको अभाव भएकोले तत्काल खानेपानीको व्यवस्थाका लागि हिउ पोखरी बनाउनु पर्ने देखिन्छ।
१६.दर्शनार्थीहरुको सहजताका लागि त्रिबेणी र मालिकामा प्रयाप्त रुपमा अस्थायी शौचालयको व्यवस्था गर्नुका साथै दर्शनार्थीहरुलाई प्लाष्टिक जन्य समानहरु लिन पुर्णरुपमा लिन रोक लगाउने र फोहोर व्यवस्थापनका लागि होटल,पशल अन्य सामाजिक संघ संस्थालाई जिम्मा दिने व्यवस्था गरौं
(लक्ष्मण जोशी सामाजिक सरोकारका बिषयमा कलम चलाउनु हुन्छ )
फेसबुक प्रतिक्रियाहरु