होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष
Breaking News

महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।

आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ ।

आयोगको सो समितिले निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादाविपरितको कार्य गरेको पाइएकाले महान्यायाधिवक्तालाई स्पष्टीकरण माग गर्न सुझाव समेत दिएको छ ।

बुढीगंगामा पुन: मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको छ । यद्यपि आयोगको आफ्नै छानबिन समितिको निष्कर्षविपरित निर्णय भएको भन्दै एमालेले अदालतमा मुद्दा दायर गरेको छ ।

बुढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट महान्यायाधिवक्ता खातीका दाजु रंगबहादुर खाती उम्मेदवार छन् । दाजुलाई मेयर जिताउन भाइले महान्यायाधिवक्ताको पदीय मर्यादाविपरीत सरकारी अधिकारीलाई दबाब दिएको आयोगको ठहर छ । नेपाल प्रेस अनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार