होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • व्यवस्था फेरियो, फेरिएन खत्याडी जनताको दुःख
समाचार

व्यवस्था फेरियो, फेरिएन खत्याडी जनताको दुःख

सदरमुकाम पुग्न अझै २ दिन पैदल

  • नागरिक रैबार
व्यवस्था फेरियो, फेरिएन खत्याडी जनताको दुःख

मुगु । कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल मुगुको रारा तालदेखि खत्याड गाउँपालिकाको बाउपानीसम्मको भूभाग रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दा खत्याड गाउँपालिका र मुगु सदरमुकाम अझै सडक सञ्जालमा जोडिन सकेको छैन ।

खत्याड गाउँपालिकामा रहेका ११ वडाकै बासिन्दा अहिले पनि ६ घन्टादेखि ३ दिनसम्म पैदल हिँडेर सदरमुकाम गमगढी पुग्ने गर्छन् ।

‘रारा राष्ट्रिय निकुञ्जले खत्याड गाउँपालिकालाई सदरमुकाम गमगढीसँग सडक सञ्जालमा जोडिन नदिने भयो’, खत्याड–२ गाँडेखोला गाउँका ५८ वर्षीय धनलाल टमटा दुखेसो सुनाउँछन्, ‘यही बाटो हिडेर सदरमुकाम आउजाउ गर्दै आएको छु ।’

विज्ञापन

व्यवस्था फेरियो, नेता फेरिए, जनप्रतिनिधि छानिएको ५ वर्ष बितेर फेरि नयाँ जनप्रतिनिधि फेरिए, तर खत्याडी जनताको दुःख फेरिन नसकेको उनी बताउँछन् ।

‘२ दिनको पैदल हिँडेर छोराको नागरिकता बनाउन आएको तर वडाबाट ल्याएको सिफारिस नमिल्दा, फेरि फर्केर नयाँ कागज बनाउनु परेको दुःख सुनाउछन्, खत्याड गाउपालिका— ९ का बल भण्डारी । ‘जति सरकार फेरिए पनि जस्तो व्यवस्था फेरिए पनि हाम्रा पैदल हिड्नु पर्ने दुःख कहिले नफेरिने भयो’, उनी बताउँछन् ।

गाउँबाट सदरमुकाम एक पटक आउजाउ गर्दा होटेलमै बस्दा, खाँदा एक जनाको कम्तीमा ५ हजार खर्च हुने गर्दछ ।

खत्याडबाट जुम्लाको गोठीजिउँला र त्यहाँदेखि मुगु सदरमुकाम सडक सञ्जालमा जोडिए पनि यो बाटो उल्टो र असहज छ । यो सडकमा पनि नियमित गाडी चल्दैनन् । हिँडेर यात्रा गर्नु र यो सडकबाट यात्रा गर्नु उस्तै पर्छ ।

खत्याड गाउँपालिका र सदरमुकाम गमगढीलाई सिधै सडक सञ्जालमा जोड्न सके र सवारी साधनलाई नियमित चलाए खत्याड गाउँपालिकादेखि सदरमुकाम पुग्न २ देखि ३ घण्टामा लाग्ने खत्याड– ९ का विकास भण्डारी बताउँछन् ।

निकुञ्ज बन्यो मुख्य तगारो

रारा राष्ट्रिय निकुञ्जका कारण रारा खप्तड पर्यटकीय मार्गसमेत ओझेलमा परेको खत्याडका बासिन्दा आरोप छ ।खत्याडलाई सदरमुकामसित सडक सञ्जालमा जोड्न नदिने निकुञ्जनै मुख्य तगारो बनेको खत्याड गाउपालिका– ८ का पंकज रावत बताउछन् ।

पर्यटकीय स्थल रारा ताल संरक्षणका लागि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । रारा ताल वरपर रहेका रारा छार्पुका ४ सय घर परिवारलाई बाँकेको गाभर चिसापानीमा सारिएको थियो ।

रारा ताल नेपालकै पर्यटकीय स्थल र कर्णालीकै मुख्य पर्यटकीय स्थल मानिन्छ । तर यसको लाभ स्थानीयबासिन्दाले पाउन सकेका छैनन् ।

कर्णाली करिडोर सडकलाई मुगुमा जोड्न खत्याड गाउँपालिका–८ सुकाढीक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण गर्नसके खप्तडदेखि रारा आउने पर्यटकलाई सजिलो हुने थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै