होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितुवाको आक्रमणबाट आमा छोरा घाइते
समाचार

चितुवाको आक्रमणबाट आमा छोरा घाइते

  • नागरिक रैबार
चितुवाको आक्रमणबाट आमा छोरा घाइते
चितुवाले चिथोरेको दिलमायाको हात ।

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको हो,’ डीएसपी खड्काले बताए ।

विज्ञापन

नयाँ बन्दै गरेकाले घरमा झ्याल ढोका राख्न नभ्याएका कारण उनीहरू त्यतिकै कोठामा सुत्दैआएका थिए । छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरेको हो ।

उनीहरूको दमौली अस्पतालमा उपचार गरिएको थियो । अवस्था भने सामान्य रहेको डीएसपी खड्काले बताए । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार