नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ ।
शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा बर्षको रुपमा सफल बनाउन तयारी थालेको छ ।
शुक्रबार सरोकारवालासंगको छलफलमा बडीमालिका यात्रालाई सभ्य र भब्य बनाउन बडिमालिकामा पुजा गर्न जाने आन्तरिक र बाह्य पर्यटकहरुको यात्रा सहज बनाउन न बडिमालिका यात्रा बर्ष प्याकेज सुरु गर्ने भएको ले तिर्थयात्रीहरुको सहजताका लागी गाइड तथा भरियाहरुको ब्यबस्था गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए । सोही क्रममा सदरमुकाम हुदै बडिमालिका जाने यात्रुहरुका लागि आवसको ब्यस्थापन नगरपालिकाले गर्ने बिकले बताए ।
त्यसै गरी नगरपालिकाको समन्वय तथा सहयोगमा बडिमालिका यात्रामा सदरमुकाम हुदै जाने यात्रुहरुका लागि बिभिन्न ठाउँमा स्वागत गेट बनाउने लगायतको कार्यतालिका रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताए । यो प्याकेजमा बडिमालिका नगरपालिका बडा न ६ का अध्यक्ष कृष्ण खड्काको सन्योजकत्वमा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बडिमालिकाका पाटन क्षेत्रमा यात्रुहरुले पलास्टिक जन्य समानको कम प्रयोग गर्न र गरिएको खण्डमा नगरपालिकाले सरसफाई समेत गर्ने र शौचालयहरु बिभिन्न ठाउँमा जेष्ठ नागरिक बस्न नपाएका यात्रुहरुलाई पालको ब्यबस्थापन नगरपालिकाले गर्ने जनाएको छ । बडिमालिका जान र पुजा मेलालाई ब्यबस्थापनका लागि जिल्ला स्काउटलाई परिचालन गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।
वडा न ८ र ९ का वडा अध्यक्ष चन्द्र थापा र सुर्यकिरण बि क लाई जिल्लाबाट जाने सरकारी टोलीको बिदाई तथा स्वागतका लागि कलश, जमरा र बाजाको ब्यबस्थापनका लागि जिम्मेवारी दिने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाले जिल्ला बाहिरका पर्यटकलाइ सहजीकरण गर्ने र बडिमालिका क्षेत्रलाई उजागर गर्न समिती निर्माण गरिएको बडिमालिका नगरपालिका निमित्त प्रुमख प्रसासकिय अधिकृत रंगमल विकले बताएका छन ।
बडिमालिकालाइ एक प्रसिद्ध पर्यटन क्षेत्रको रूपमा परिचित गर्न बाजुरा जिल्ला भरिका स्थानीय तहका जनप्रतिनिधि संग सहकार्य गरि अगि बड्न गरि नगरपालिकाले सो गतिबिधी अगाडी बढाएकोले सो क्षेत्रको प्रबद्धनमा सबैले हातेमालो गरेर अगाडी बढ्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु