काठमाडौं । गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् ।
तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले सरल तरिकाले जवाफ खोजिदिन्छ । तर गुगलले तपाईका हरेक प्रश्न तथा आशंकाको सटिक जवाफ क्षणभरमै कसरी खोजिदिन सक्छ भन्ने कुराका बारेमा तपाईले सोच्नुभएको छ ?
वास्तवमा गुगल सर्च प्रयोगकर्ताका जिज्ञासा तथा खोजीको जवाफ दिनका लागि गुगलले ३ वटा चरण पार गर्ने गर्दछ ।
पहिलो चरण : Crawling
गुगल सर्चमा केही कुरा खोज्नका लागि टाइप गरेर सर्च बटन थिच्नेहरुका लागि उल्लेखित विषयका बारेमा जानकारी प्रदान गर्ने कार्यको पहिलो चरण Crawling हो ।
वास्तवमा Web Crawlersले विभिन्न वेबपेजहरु खोजी गरेर, पत्ता लगाएर त्यसको लिंकहरु फलो गरी एकत्रित गर्दछन् र त्यसमा भएका सबै डाटा गुगलको सर्भरमा ल्याइन्छ ।
दोश्रो चरण : Indexing
विभिन्न विषयका वेबपेजहरुको खोजी र त्यसमा भएका लिंक तथा डाटाहरु गुगलको सर्भरमा ल्याउने काम अर्थात् Crawling पछि दोश्रो चरण हो Indeding। Crawlersले जब वेबपज फेला पार्दछ तब उक्त पेजमा के सामाग्री छ भन्ने हेर्दछ । त्यसबेला विभिन्न कुरामा ध्यान दिइन्छ जस्तै कि वर्ड, वेबसाइटका सामाग्री अरु श्रोतको कपी पेस्ट अर्थात् भए नभएका आदि ।
यी सबैलाई गुगलको सिस्टमले ट्रया कगर्दछ । यदि त्यसक्रममा कुनै डुप्लिकेसन अर्थात् दोहोरिएको वा नक्कल गरिएको सामाग्री तथा पेज फेला रेमा त्यसलाई हटाइन्छ । जब अन्तिम जानकारी प्राप्त हुन्छ त्यसलाई Google Index मा भण्डारण गरेर राखिन्छ र त्यसको एक डाटाबेस तयार गरिन्छ ।
अन्तिम चरण : Serving Result
प्रयोगकर्ताको खोजी अथवा प्रश्नको जवाफ गुगल सर्चको पेजमा देखाउने अन्तिम तथा तेश्रो चरण हो Serving Result । जब हामीले गुगलमा केही खोज्छौं । तब हाम्रो प्रश्न वा जिज्ञासाको जवाफ गुगल पेजमा प्राप्त हुन्छ ।
उसो त गुगल सर्च विभिन्न कुरामा निर्भर गर्दछ तर Crawling र इन्डेक्सिङपछि जुनजुन पेजहरु पेज र्यांकमा अगाडि हुन्छ त्यो सबैभन्दा पहिले देखिन्छ । यसरी गुगलले तपाई हाम्रो हरेक प्रश्नको जवाफ क्षणभरमा दिन सक्दछ । एजेन्सीको सहयोगमा
फेसबुक प्रतिक्रियाहरु