होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नौ छोराछोरी, आठ प्रहरी
समाचार

नौ छोराछोरी, आठ प्रहरी

माओवादी द्वन्द्वका बेला पार्टीको नीतिअनुसार उनी प्रहरीलाई दुस्मन ठान्थे तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए

  • नागरिक रैबार
नौ छोराछोरी, आठ प्रहरी
तस्बिर सौजन्य : शेरसिंह कठायत

जुम्ला — दसैं होस् वा अन्य चाडबाड र पारिवारिक भेला, जुम्ला कनकासुन्दरी–१ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि प्रहरीको परिवार भनेरै चिन्छन् । किनकि भक्तका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी प्रहरीमा जागिरे छन् । तीमध्ये तीन जना हवलदार हुन् भने अरू जवान । एक छोरा शेरसिंह सशस्त्र प्रहरीमा छन् भने अन्य नेपाल प्रहरीमा ।

अनौठो के भने सबै छोराछोरी प्रहरीमा जागिरे भए पनि भक्तबहादुर एक समय माओवादी ‘जनयुद्ध’मा लागेका थिए । पार्टीले उनलाई नाम दिएको थियो– भियतनामी । माओवादीको जिल्ला कमिटी सदस्य हुँदै जनसरकारमा समेत काम गरेका उनी पछिल्ला दिनमा सञ्चार विभागमा थिए ।

६ वर्ष भूमिगत जीवन बिताएका उनले आधा दर्जन पटक प्रहरीसँग मुठभेडको सामना गरे । त्यतिबेला उनी पार्टीको नीतिअनुसार प्रहरीलाई दुस्मन ठान्थे । तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए । शान्ति प्रक्रियामा आइसकेपछि एक वर्षसम्म पातारासी क्षेत्रमा पार्टी इन्चार्ज भएर काम गरे पनि अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।

विज्ञापन

२०६१ मा जेठी छोरी प्रेमकलीले प्रहरीमा नाम निकालेपछि अरू छोराछोरीले पनि त्यही बाटो समाते । कान्छी छोरी रेश्मालाई पनि प्रहरीमै जागिर खुवाउने भक्तबहादुरको रहर थियो । तर सानैमा बिहे गरेकीले उनलाई प्रहरीमा भर्ती हुन मेसो जुरेन ।

आफू बेरोजगार भएकाले भक्तले सबै छोराछोरीले सरकारी जागिर खाऊन् भन्ने सोचेका थिए । प्रेमकलीपछि असल, हंसराज, कल्पना, वसन्ती, प्रतापसिंह, पविता र शेरसिंहले प्रहरीमा जागिर सुरु गरे । धेरै सन्तान जन्मिएकाले भक्तबहादुरले सबैलाई राम्ररी पढाउन सकेनन् । रोजगारीको खोजीमा भारतका हैदराबाद, गोवा, बैंग्लोर जस्ता विभिन्न सहरमा मौसमी काममा जोतिएर उनले जेनतेन परिवारको गर्जो टारे ।

२०६४ साउने संक्रान्तिमा आफन्तबीच भएको झगडाले राजनीतिक रूप नै लियो । अवस्था यस्तो भयो कि उनी गाउँमा बस्न सक्ने अवस्था रहेन । गाउँको जग्गा बेचेर सदरमुकाम बसाइँ सरे ।

जीवनमा सुख पाउन धेरै दुःख गरेको कहानी बताउने भक्तबहादुर हिजोआज भने प्रसन्न देखिन्छन् । जागिरे छोराछोरीले उनको अनुहारमा खुसी थपिदिएका छन् । भन्छन्– ‘बालबच्चा सबै जागिरे भइसके, अब मलाई दुःख छैन ।’ कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार