होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि दुर्व्यवहार
समाचार

बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि दुर्व्यवहार

  • नागरिक रैबार
बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि दुर्व्यवहार

नागरिक रैबार/बाजुरा १३ जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलमाथि दुव्र्यवहार भएको छ ।
शुक्रबार कार्यालयमा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै गएर दुर्व्यवहार गरेका हुन् ।

बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले शुक्रबार दिउसो यथास्थितिमा मतगणनाको माग गर्दै सदरमुकाम मार्तडीमा समेत निर्वाचन आयोगका विरुद्धमा प्रर्दशन गरेका थिए ।
प्रर्दशनकै क्रममा जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका एमालेका कार्यकर्ताहरुले बुढीगंगामा बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले आफ्नो पदीय जिम्मेवारी भुलेर काँग्रेसको समर्थनमा खुलेरै सहयोग आरोप लगाएको छन् ।

यता बडीमालिका नगरपालिका सवै कर्मचारीहरुले सयुक्त विज्ञप्ति जारी गर्दै कार्यकक्षमै काम गरिरहेका अधिकृतमाथि शुक्रबार एक समूहले गरेको अमानवीय व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञापन

त्यस्तै बडीमालिकाका कर्मचारीले जारी गरेको सयुक्त प्रेस विज्ञप्तिमा यस्तो अमानवीय व्यवहारले रातदिन सेवा प्रवाहमा खटिने कर्मचारीहरुको मनोवल गिरेको महसुस गरी घटनामा सलग्न व्यक्तिहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै भएको अमानवीय दुव्र्यवहार भएपछि नगरपालिकामा काम गर्ने सम्पूणर् कर्मचारीहरुको पूणर् सुरक्षाको प्रत्याभुति नहुँदा सम्म सेवा प्रवाह समेत अवरुद्ध गर्न बाध्य हुने बडीमालिकाका कर्मचारीहरुले जारी गरेको सयुक्र विज्ञप्तिमा उल्लेख गरिएको छ ।
No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै