होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • राष्ट्रिय खेलकुदको तयारीमा सुदूरपश्चिम प्रदेश, बजेट अभाव
प्रदेश ७

राष्ट्रिय खेलकुदको तयारीमा सुदूरपश्चिम प्रदेश, बजेट अभाव

  • नागरिक रैबार
राष्ट्रिय खेलकुदको तयारीमा सुदूरपश्चिम प्रदेश, बजेट अभाव

धनगढीः गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश पनि आन्तरिक तयारीमा जुटेको छ। असोज २८ गतेदेखि पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने सुदूरपश्चिम प्रदेश आन्तरिक तयारीमा जुटेको हो। यद्यपी तयारीका लागि खेलकुदका निकायसँग बजेटको अभाव देखिएको छ।

सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेश सरकारसँग बजेट माग समेत गरेको छ। खेलाडी छनोटका लागि ५ करोड र जिल्ला खेलकुदका लागि ३ करोड बजेट माग गरिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले बताए। ‘बजेट पाएपछि खेलाडी छनोट गरेर बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले समस्या बजेट कै छ। सरकारले ध्यान दिनुपर्छ।’ सुदूरपश्चिमका नौं वटै जिल्ला खेलकुद विकास समिति पनि राष्ट्रिय खेलकुदको तयारीमा छन्।

प्रदेशलाई खेलाडीको नाम पठाउने काम जिल्लाले गरेको छ। सबै जिल्लाबाट आएका खेलाडी छनोट गरेर प्रदेशका लागि खेल्न योग्य बनाइने छ। त्यसका लागि जिल्लाबाटै खेलाडी पठाउन सकिएको छैन। पूर्वाधार र मैदान अभावका कारण पनि खेलाडीले अभ्यास गर्न समेत नपाएको डोटी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख हर्क बोगटीले बताए। ‘खेलाडीलाई तयारी अवस्थामा रहन भनेका छौं,’ उनले भने, ‘केही खेलाडीहरु अभ्यास पनि गरिरहेका छन्।’ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशले ३२ खेल खेल्ने जनाएको छ।

विज्ञापन

३८ खेलमा प्रतिस्पर्धा हुने भए पनि सुदूरपश्चिमले भने ३२ खेलमा सहभागिता जनाउने बताइएको छ। तर बजेट अभावकै कारण बन्द प्रशिक्षण सुरु गर्न ढिलाई भइरहेको छ। त्यसका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्काले बताए। ‘सबै खेलका प्रशिक्षकलाई हामीले सूचना गरेका छौं,’ उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार