होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ६५० एमजी सिटामोल उत्पादनको निर्णय रोक्न निवेदन दर्ता
समाचार

६५० एमजी सिटामोल उत्पादनको निर्णय रोक्न निवेदन दर्ता

  • नागरिक रैबार
६५० एमजी सिटामोल उत्पादनको निर्णय रोक्न निवेदन दर्ता

काठमाडौँ — उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले ६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न राष्ट्रिय सर्तकता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका छन् । प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय तत्काल रोक्न दुवै संस्थाले निवेदन दर्ता गराएका हुन् ।

‘औषधि क्षेत्र नियमन गर्ने औषधि व्यवस्था विभागले केही उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहको लागि निरन्तर गलत निर्णय गरेको छ’ संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभागका निर्णय, काम कारबाहीमा पनि तत्काल छानबिन गर्न अनुरोध छ ।’

औषधिको मूल्य वृद्धि गर्नका लागि उत्पादकको दवावमा विभागले गलत निर्णय गरेको ती संघको भनाइ छ । विकसित देशका नियामक निकायले समेत हालसम्म ६५० एमजीको सिटामोल उत्पादन तथा वितरणलाई अनुमति नदिएको विज्ञप्तिमा उल्लेख छ । ६५० एमजी सिटामोल हालसम्म क्लिनिकल ट्रायल नभएको, अनुसन्धान पनि नभएकाले उत्पादनको अनुमति दिन नहुने ती संघको भनाइ छ । ठूलो मात्राको औषधि सेवनले उपभोक्ताको कलेजोमा गम्भीर समस्या पर्ने संघले जनाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार