होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेमा फर्कदै नेकपा (एस)का ३ नेता
समाचार

एमालेमा फर्कदै नेकपा (एस)का ३ नेता

  • नागरिक रैबार
एमालेमा फर्कदै नेकपा (एस)का ३ नेता

धनगढी: आज नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले पार्टी पुनर्गठन दिवस मनाइरहेको छ। तर, पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा गएका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोकले एमाले फर्कने तयारी गरेकाे स्रोतले बतायो।

सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका तारा लामा तामाङले एमालेमा फर्किने तयारी थालेको बताए। ‘अब मुल घर एमालेमै फर्कने हो, माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट बिद्रोह गरेर गएको भनिएका सवै साथीहरु एमालेमै फर्किनु हुन्छ, हामी पनि त्यही निर्णयमा पुग्यौं’ उनले भने।

यस्तै पूर्व प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्। ‘२०५४ सालमा बामदेबले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे। गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो। त्यसबापत पछुतो र आत्मग्लानी भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु’ उनले बिहीबार बिहानै फेसबुकमा लेखेका छन्।

विज्ञापन

एमालेबाट विद्रोह गरेर पार्टी खोलेका माधव नेपालले नेकपा माओवादी केन्द्रसँगै सहकार्य गरि अघि बढ्ने योजना बनाएपछि यी नेता एमालेमा फर्किन लागेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार