होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४८ घण्टाभित्र राजीनामा दिन्छु : पर्यटनमन्त्री आले
समाचार

४८ घण्टाभित्र राजीनामा दिन्छु : पर्यटनमन्त्री आले

  • नागरिक रैबार
४८ घण्टाभित्र राजीनामा दिन्छु : पर्यटनमन्त्री आले

काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।

पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’

आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, ‘त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’

विज्ञापन

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार