काठमाडौं । एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको यस सिजनको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० ले हराउँदै मिलान २०११-१२ पछि पहिलो पटक च्याम्पियन बनेको हो । मिलानले समग्रमा १९औं पटक लिग उपाधि जितेको हो ।
मिलानले छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि पार्यो । इन्टरले साम्पडोरियालाई ३-० ले नै हराएपनि उपाधि रक्षा गर्न सकेन ।
एसी मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे ।जितपछि मिलानले ३८ खेलमा ८६ अंक जोड्दा इन्टरले ८४ अंक जोडेर दोस्रो स्थानमा लिग सकायो ।
फेसबुक प्रतिक्रियाहरु