होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड
समाचार

जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

  • नागरिक रैबार
जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।

हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्ने छ । उनीहरूको प्राविधिक अझै आएका छैनन् । यात्रुहरूलाई सुरक्षित रूपमा स्टार होटलम राखिने विमानस्थलका एक अधिकारीले  बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार