होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नायब सुब्बाको आम्दानी ४ करोड ८७ लाख
समाचार

नायब सुब्बाको आम्दानी ४ करोड ८७ लाख

  • नागरिक रैबार
नायब सुब्बाको आम्दानी ४ करोड ८७ लाख

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ ।

जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०३९ साल मंसिर ९ गते सार्वजनिक सेवा प्रवेश गरेका झाले २०७८ सम्‍म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

विज्ञापन

उनको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

झाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनका लागि खर्च गरेको अख्तियारको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार